भर्खरै :

मस्कोका चिट्ठी – ६ कोरियाली युवाको राजनीतिक विचार

कोरियाली युवाको राजनीतिक विचार
कोरियाली युवा सरदर जापानीभन्दा अग्ला थिए । उनीहरू कुनै अप्ठयारोविना सजिलैसित अङ्ग्रेजी उच्चारण गर्थे । मैले एक जरा कोरियाली युवालाई सोधेँ, “के तपाईलाई कोरियामा जापानी शासन मनपर्दैन ?”
उनको जवाफ थियो, “अहँ, मनपर्दैन ।”
“किन मनपर्दैन ? के जापानी प्रशासनको मातहतमा तपाईँको देशको उन्नति भएको छैन र ?”
“भएको छ तर छोटकरीमा भन्नुपर्दा हाम्रो गुनासो के हो भने जापानी शासन पुँजीवादी शासन हो । कोरिया जापानको लागि नाफाको स्रोत बन्यो : उनीहरूको भरणपोषणको भण्डार बन्यो । मानिसले आफ्नो प्रयोगका वस्तुहरूलाई सतहीरूपमा चम्किलो बनाउँछ किनभने ती वस्तुहरू उनीहरूको आफ्नै सम्पति हुन् । ऊ त्यसैमा गौरव गर्दछ । तर, मानिसहरू सामान वा वस्तुहरूजस्ता होइनन्, जसले बाहिरी कुराबाट सन्तुष्टि पाओस् ।”
“त्यसो भए कोरियाको जापानसँगको सम्बन्ध तपाईँको विचारमा साम्राज्यवादी हैकममात्र हो? आर्थिक होइन ? के यो युद्ध हैकममात्र हो जहाँ गुनासोको कुनै गुञ्जायस छैन ।”
“जापानसँगको आर्थिक सम्बन्धले उनीहरूका शक्तिशाली रक्तपिपासु सर्पहरूले हाम्रो रगतमात्र चुस्दछन्, जब कि शाही हैकम व्यक्तिगत र सीमित हुन्छ । यसको भार तुलनात्मकरूपमा केही हलुका हुन्छ । शाही मनोकाङ्‍क्षा शासन हो, शोषण होइन । पूरा देश शाही शासनमा स्वतन्त्रता र आत्म–सम्मानको प्रबन्ध गर्नसक्छ । तर, पुँजीवादी हैकममा हाम्रो देश अरू कुनै देशको लागि बिक्रीमा राखिएको वस्तुजस्तै भएको छ । हामी लोभलालचका वस्तु हौँ न कि मित्रता र गौरव ।”
“तिम्रा यी विचारहरू, तिमीले सोचेका र व्यक्त गरिरहेका सामूहिक राष्ट्रिय आत्मसम्मानको प्रारम्भ के आधुनिक राजनीतिक शिक्षाबाटै भएको होइन ? के त्यस्तो शिक्षा जापानले सिर्जना गरेका शैक्षिक संस्थाहरूबाट हासिल गर्न सकिँदैन ।”
मेरो कुरा सुनेर ती कोरियाली युवा अलि सङ्कोच माने । मैले भनेँ, “तपाईँको अगाडि देखिएको चीनलाई हेर्नुहोस् । राष्ट्रिय आत्म–सम्मान साधारण जनमानसको बीचमा निष्कृय छ । त्यसकारण यहाँ म लोभलालचको बीचबाट सिर्जित कैयौँ ध्वंसात्मक भुमरीमात्र देख्दछु । त्यसैले यो दुर्भाग्यपूर्ण देश ठालुहरूको त्रास र लुटले चिरा चिरा भएको छ र बर्बरताको रगतले नुहाएको छ । सिपाहीहरूले रात दिन प्रताडित गरेका छन् । जहाँ शिक्षा जनमानसको स्वतन्त्रताको परिचायक हुन सकेको छैन । उनीहरूलाई देशविदेशको महत्वाकाङ्‍क्षाबाट कसले संरक्षण गर्नसक्छ ? उनीहरू त केवल शक्तिको चाहनामा छन् । जसले आफ्नो निहित स्वार्थलाई परिपूर्ति गरोस् । तपाईँ आफैँले दुःख प्रकट गर्नुभएको छ कि तपाईँको देशलाई धनीहरूको एउटा साधनमा सीमित बनाइएको छ । यस्तो अवस्थामा अन्जान र कमजोरहरूको अवस्था कहिल्यै परिवर्तन हुँदैन जो स्वराजको निर्धक्कता महसुस गर्न सक्दैन । मलाई कोरियाको अवस्थाको बारेमा जानकारी छैन । के तपाईँहरूले शिक्षा जापानबाट प्राप्त गर्नुभएको होइन ?”
“जोसँग प्राप्त गरेको भए पनि के फरक पर्छ र ? जसले जसरी हामीलाई जागरुक गराए पनि यसरी सजग बनाउने नियमले आफ्नो काम आफ्नै गतिमा अघि बढ्छ, चाहे यो शत्रु या मित्रले ।”
‘म सहमत छु । तर, मेरो तर्क त्यो होइन । विषय के हो भने के तपाईँको देशका बहुसङ्ख्यक मानिसको शिक्षा अघि बढेको छ ? के उनीहरू आफ्नो अधिकारको माग प्रभावकारी ढङ्गले प्रस्तुत गर्दछन् ? यदि यस्तो छैन भने विदेशीलाई निःशस्त्रीकरण गरे पनि जनताले स्वराज हासिल गर्नसक्दैनन् । मुठीभरका मानिसहरूको अत्याचारले गर्दा द्वन्द्व सुरु हुन्छ । व्यक्तिगत स्वार्थलाई नियमन गर्नु नै सामूहिकताको चाहनालाई उजागर पार्नु हो ।
“पूरै देशलाई जागरुक र सचेत बनाउने शिक्षा हामी कसरी कुनै पराइबाट अपेक्षा गर्नसक्छौँ ?’
“यदि हामीजस्तो शिक्षित मानिसले पनि यस्तो शिक्षाको चाहना आफ्नो देशको लागि गर्‍यौँ भने तिमी किन यसको प्रशारणलाई आफ्नो सबभन्दा महत्वपूर्ण जिम्मेवारी हो भनी कर्तव्य निर्वाह गर्दैनौ त ? भावुकतामात्र देशको लागि पर्याप्त छैन । ज्ञान अपरिहार्य छ । मेरो मनमा अर्को विषय छ – लामो समयदेखि कोरिया भूगोल, इतिहास वा जातीय कारणले चरित्रमा वास्तवमै कमजोर रह्यो । आधुनिक युद्ध कौशल एउटा वैज्ञानिक विषय हो र त्यो अत्यन्त महँगो छ । के तिमी जापानबाट आफ्नै प्रयासले अलग भई आफ्नो रक्षा गर्नसक्छौ ? के यसबारे तिमीले सोचेका छौ ?”
“हामी सक्दैनौँ, यसबारे हामीले स्वीकार गर्नुपर्छ ।”
“त्यसपछि तपाईँले यो पनि स्वीकार गर्नुपर्ने हुन्छ कि कमजोर कोही आफ्नो लागि मात्र नभएर अरूको लागि पनि घातक हो । कमजोरीको अभिमत केन्द्रको वरिपरि घुमाउन अनिवार्यरूपमा शक्तिशालीको महत्वाकाङ्‍क्षा टाढैबाट आकर्षित हुन्छ । सिँहको पिठ्युँमा घोडचढी गर्न सकिंदैन तर घोडालाई भने नियन्त्रण गर्न सकिन्छ । माने रुस कोरियाली माटोमा आएर आफ्नो झण्डा गाड्छ । यस अवस्थामा कोरियाको लागि मात्र खतरा नभई रुस जापानको लागि पनि खतरा हुन्छ । यस्तो परिस्थितिमा अरुहरूको पकडलाई कोरियामा कमजोर बनाउन जापानले कोरियाको शक्तिलाई अझ मजबुट बनाउनुपर्छ । त्यसैले जापानलाई पराजित नगरेसम्म उनको लागि कोरियाको भाग्य उसको आफ्नै कमजोर हातमा पुर्‍याउन असम्भव छ । यो मात्र जापानको भौतिक आशक्ति नभएर उसको सुरक्षाको लागि पनि महत्वपूर्ण छ ।”
“त्यसो भए कोरियाले के गर्नुपर्‍यो त ?”
“हामीलाई थाहा छ, हामीले आधुनिक युद्धको लागि सैनिक खडा गर्नसक्दैनौँ । यसबाहेक अहिलेको अवस्थामा युद्ध कौशलको उपयोग गर्न पनडुब्बी र युद्धको लागि हवाईजहाजको कल्पना पनि गर्न सकिँदैन । विदेशको अधीनमा यो कामको कोसिस गर्न पनि असम्भव छ । यति हुँदाहुँदै पनि म हामी उदासीन भएर हात बाँधेर बस्नुपर्छ भन्दिनँ ।”
“यो भन्नसम्म पनि ठीक होइन । हामी उदास हुनुहुँदैन । यदि कसरी अगाडि बढ्न र सुहाउँदो उत्तर कसरी दिने भन्ने जानकारी नभएमा पनि हामी निरास भएर हात उठाएर बस्नु उचित हैन ।”
“म मेरो विचार प्रकट गर्दछु है त । एउटा यस्तो समय अवश्यम्भावी छ कि जब आर्थिक प्रतिस्पर्धाको जगतमा जापानी, चिनी, रुसी र कोरियाले कुनै पनि अगाडि हुनेछैन । किन भनेर कारण पनि दिन्छु है । यी कथित मानिसहरूमा र क्षेत्रमा शक्ति र सम्पति दुई भागमा विभाजित छ । थोरै मानिस एउटा भागमा छन् उनीहरू खुसीसाथ साधन स्रोतको प्रयोग गर्दछन् जब कि असङ्ख्य मानिसहरू अर्को भागमा छन् र उनीहरू सबैको बोझ उठाउँछन् । थोरै मानिस आफ्नै इच्छाले शक्तिको भरपुर उपयोग गर्दछन् जब कि कैयौँ अरू आफ्नो रगत र पसिनाले आफ्नो इच्छाविपरीत अरूको भरणपोषण गर्दछन् । पूरै युगभरि मानिसहरूले आधारभूतरूपमै दुई तहमा विभाजित भएर आफ्नो तौरतरिकाको अस्तित्व कायम राखे । जति सक्दो तल्लो तहको मानव समाजले शिर निहुर्‍याएर एक नतमस्तकता प्रदर्शनलाई स्वीकार गर्‍यो र यसको अकाट्यतालाई कहिल्यै शङ्का गरेन ।”
मैले उत्तर दिएँ, “उनीहरूले यसको बारेमा विचार गर्न सुरु गरेका छन् किनभने यो आधुनिक युगमा पश्चिमी देशहरूको तल्लो तहमा पनि शिक्षाको प्रकाश पुगिसकेको छ ।”
“स्वीकार गरेँ जुनसुकै कारणले भए पनि प्रत्येक युग स्थापना गराउने सङ्घर्ष सुरु भइसकेको छ । यिनीहरू कुनै पनि विभिन्न प्रजातिहरूको बीचमा भएको छैन । तर, दुईओटा आर्थिक वर्गको बीचमा मात्र छ । तिनीहरू हुन् पीडित र पीडकहरू । यहाँ कोरियाली र जापानी, पूर्व र पश्चिम एकै धरातलमा एकत्रित भएका छन् । दुःख र दरिद्रता हाम्रा महान् शक्ति हुन् । यिनैले हामीलाई संसारभर एकजुट बनाउँछन् । यसैको माध्यमबाट हामी भविष्य निर्धारण गर्नसक्छौँ तर पुँजीवादीहरू कहिल्यै समेटिंदैनन् किनभने उनीहरू मापन गर्नै नसकिने निहीत स्वार्थले ग्रसित र विभाजित भएका हुन्छन् ।” हाम्रो महान् अभिलाषा के हो भने जो वास्तवमै एकबन्द्ध भएका छन् र विजय प्राप्त गर्दछन् । युरोपमा भएको विशाल युद्ध पुँजीवादीहरूको हो । यस्तो युद्धको बीउ आज संसारभर प्रसारित भएको छ । यस्तो बीउ मानवीय प्रवृत्तिमा छ । निजी स्वार्थ यसको जन्मभूमि हो । घृणाको मूल उत्पत्ति हो । निजी स्वार्थ यसको जन्मभूमि हो । घृणाको मूल उत्पत्ति हो । तत्काल पीडितहरू अनभिज्ञ र गरिबीमा विभाजित छन् । उनीहरूका हृदयहरू मृत्युका वाणहरूले छेडन गरिएका छन् जुन सम्पतिमा सुषुप्तरुपमा रहेको हुन्छ । आज हामी हाम्रा दुःख र गरीबीले समेटिएका छौँ तर धनीहरू उनीहरूको धनका कारण विभाजित छन् । के यो कुरा हामी राजनीतिक उथलपुथल र शक्तिशालीहरूको डरमा र त्रासमा देख्दैनौँ र ?’
“यस किसिमको विषयको बारेमा छलफलको निरन्तरता दिन पछि कुनै अवसर मिल्नेवाला थिएन । मैले मेरैबारेमा विचार गरेँ यो सत्य हो कि शक्तिको लालचले आफैभित्र विष पैदा गरी आत्महत्या गर्दछ । तर, के विभाजनको जड आज यो विशेष रूपधारण गरिएको बलियो र कमजोरमा रगतले पखालेर मानव प्रवृत्तिबाट गायन हुनेछ र यस्तो भनिन्छ कि एक दिन विश्वका सबै विकसित ठाउँहरू हावा, पानी, समुद्र आदिको जथाभावी प्रयोग गरी निस्तेज र कमजोर हुनेछ । के त्यहाँ कुनै पृथ्वीको दिन नै रहने छैन त ? मृत्यु र समानता उस्तै हुन्नन् । मानव समाजको वास्तविकता विभिन्नताको गला घोटेर तहसनहस पारिन्छ । अनेकतामा मेलमिलाप मानवतामा सदा गरिने कार्य हो । यसको लगातार युद्ध भनेको विभिन्नताभित्र गरिने अन्याय हो । मानवले आफ्नो उचाइ यस्तो कार्य र युद्धले निर्माण गर्ने हो । युरोपले यस्तो क्रमलाई रोकेर युद्ध र सङ्घर्षमा मात्र ध्यान केन्द्रित गरेको छ । यसको प्रयास भनेको बलियाहरूलाई परास्त गरेर कमजोरहरूलाई समानता प्रदान गर्ने हो । यो सफल हुने हो भने घृणा जसले यसका सफलतामा भूमिका निर्वाह गर्‍यो । त्यही घृणा सफलताको लागि प्रशंसित हुनेछ, यसको प्रचार हुनेछ र द्वेष सफलताभन्दा अगाडि बढ्नेछ । त्यसको परिणाम रक्तपातको भुमरी अगाडि बढ्नेछ । मानिसहरू शान्तिका लागि युद्ध गर्नेछन् । यसै युद्धले शक्तिको गला घोट्नेछ । उनीहरू आजको ताकतसँग भोलिको शक्ति प्राप्तिको लागि लड्नेछन् । यसको परिणाम त्यही दिनदेखि भोलिको युद्धको तयारीमा लाग्नेछन् । के त्यो अन्तिम शान्ति भनेको विश्वव्यापी युद्धको लागि मात्र हो र ?”
परिशिष्ट – II
शाही आतङ्कवाद
बेलायतले हिन्दुस्तानमा गरेको राज्यको सङ्कटको वास्तविकताले मलाई ताजुव लागेको छ । म यो लेख्न बाध्य भएको छु किनभने यसको महत्व हिन्दुस्तानको गतिविधि थाहा पाउने पनि बुझ्दैन ।
बङ्गालको ढाकामा सामुदायिक दङ्गा भएको छ । त्यहाँ खराब पात्रहरूलाई बोलाइएको थियो । त्यसले बदमासीलाई झन् बढावा दिएको थियो र व्यक्त गर्नै नसकिने बर्बरता त्यहाँ भएको थियो । तैपनि मैले पाएको रिपोर्टअनुसार न प्रहरीहरू सुस्ता छन् न दुःखप्रति उदासीन छन् । जब एउटा गाडी दुर्घटनाको समाचार आउँछ, केही व्यक्तिको मुत्यु हुन्छ । त्यो समाचार पूरै युरोपभरि फैलिन्छ । तर आज रातदिन पूर्वी बङ्गालको राजधानी र गाउँ आतङ्कित हुँदा पनि ती पत्रिकाहरूमा कतै उल्लेख गरिएको छैन । मृत्यु सङ्ख्या, सम्पत्तिको नारा, ती घटनाहरूले उब्जिएको भास अत्यन्त भयानक छ । यति हुँदाहुँदै पनि बेवास्ता गरी गुपचुप राखिएको छ । यदि कुनै अङ्ग्रेजलाई चोट लागेमा वा उनीहरूको विलासितामा थोरैमात्र आँच आए पनि यसलाई बेवास्ता गरेको उदाहरण छैन । के कारणले हामीहरू बेलायतीको आँखामा किन महत्वपूर्ण र आवश्यक होइनौँ ? उनीहरूले हाम्रो विश्वासलाई आवश्यक ठान्दैनन् । के यो अप्राकृतिक गुपचुपलाई जुन जानी जानीकन लुकाइएको छ, के अनौठो छैन ?
अङ्ग्रेजहरूको यत्रो सङ्गठित र भयानक शान्ति भारतमा भएका स–साना सामुदायिक दङ्गा र हिंसालाई नियन्त्रण गर्न सक्षम छैन भन्ने कुरामा हामीलाई शङ्का लाग्छ । लामो समयदेखि हामीलाई यो शक्तिको वास्तविकतामा विश्वास दिलाउँदै ल्याइएको छ । ढाकामा हाल जे भएको छ यो केही वर्षअगाडि कलकत्तामा भएको थियो भनी अङ्ग्रेजी मिडियामा जोडदार घोषणा गरिएको थियो । हालको उदाहरणमा उल्लेखनीय कुरा के छ भने ढाकामा लामो समयदेखि भएको अत्याचारलाई अङ्ग्रेजी छापाले पुरै बेवास्ता गरेको छ । हाम्रो गिरफ्तारीबारेमा हाम्रो जनता चुप लागेर बसेको अवस्थामा अङ्ग्रेजहरूले यसबारे स्वीकार गर्ने कुरै भएन ।
हाम्रो निर्दयीताको वास्तविक अर्थ यहाँ झल्किन्छ । बेलायतीहरूलाई आफ्ना अधिकारीहरूप्रति जो विदेशीहरूलाई अधीनमा राख्छन् उनीहरूप्रति अति विश्वास गर्छन् । उनीहरूप्रति प्रत्यक्षरूपमा उत्तरदायित्व महसुस गर्दछन् । त्यसकारण जब उनीहरूका प्रतिनिधि अधिकारीहरूविरुध्द प्रमाण खडा गरिन्छ स हामी केही हदसम्म विश्वास जित्न सक्छौँ । यो हुनसक्ने वा प्राकृतिक वा स्वाभाविक हो भन्ने कुरा स्वीकार गरौँ । यति हुँदाहुँदै पनि हामीलाई त्यसैकारणको लागि हाम्रा आफ्नै मानिसमा विश्वास राख्न अनुमति दिइनुपर्छ । त्यस्तो अवस्थामा आफू दुःखी भएको कुराको गुनासो पेश गर्दछन् किनभने हामीहरूलाई असमान तरिकाले मिलाएको छ र तपाईँको विचारले हामीलाई हरतरहबार असर पारेको छ । हाम्रा विचारहरू सजिलै दबाइन सक्छन् र हामीलाई तपाइँहरूबाट दमन हुनसक्छ । तर, हाम्रा मानिसहरू आवाजविहीन हुँदा पनि, हाम्रो लेखाजोखाले हाम्रो सङ्घर्षलाई प्रभावहीन बनाउँछ । अन्त्यमा यसको अर्थ रहन्छ – मैले गरेको पत्राचारले जानकारी पाएँ कि ढाकाको यो घटनाले एक्लिएको छ । अरूलाई भन्दा पनि जो बेलायतीले दिएको बङ्गालको न्यायव्यवस्थालाई हालसम्म पनि विश्वास गर्दछन् । अरू घटनाहरूले पनि जनतामा केही बाँकी रहेको विश्वास पनि खलबल्याइदिएको छ । तर, यसले वास्तवमै जगदेखि नै हल्लाउन सुरु गरेको छ ।
महाशय, म रवीन्द्रनाथ टैगोर हुँ । – १९३० जूनको समीक्षा
अनुवाद : भानु हुमागाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *