उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
महान् कवि पुश्कीनको कसरी भयो हत्या ?
सन् १९९१ को डिसेम्बर ५ तारिखका दिन आफ्नै निवासमा विश्वका एक चमात्कारिक सङ्गीतकार अष्ट्रियाका मोचार्टको ३५ वर्षको उमेरमा शङ्कास्पद मृत्यु भयो । उनको मृत्युबारे धेरैले शङ्का उपशङ्का गरे । उनको मृत्यु स्वाभाविक अथवा विषपानबाट भएको थियो भन्ने विषयमा धेरै तर्कवितर्क र अनुसन्धान भए । मोचार्टको मृत्युलगत्तै बर्लिनको एक पत्रिकाले उनको मृत्यु विषपानबाट भएको कुरा उल्लेख ग¥यो । यद्यपि उनको मृत्यु एक सङ्क्रमण रोगबाट भएको भन्ने भनाइ धेरैको छ ।
विश्वविख्यात सङ्गीतकार मोचार्टको पूरा नाम ओल्फगान्ज आमो देउस मोचार्ट थियो । उनको मृत्यु उनकै एक सहयोगी अन्टोनियो सालेरीले विष घुलाएर दिएको मद्यपानबाट भएको भन्ने हल्ला फैलाइयो । यसैको आधारमा रुसी महान् कवि अलेक्जेन्डर पुश्कीनले सालेरीको मृत्युपश्चात् ‘मोचार्ट एन्ड सालेरी’ भन्ने एक काव्यिक रचना (नाटक) लेखे । जसमा मोचार्ट र सालेरीको बीच एक वैमनष्यता र शत्रुताको प्रदर्शन गरिएको थियो ।
अन्टोनियो सालेरी पनि एक प्रसिद्ध सङ्गीतकार थिए । मोचार्टको प्रगति र लोकप्रियताका कारण उनमा उत्पन्न भएको डाहाले गर्दा उनले मोचार्टको हत्या गरे । मोचार्टको यस दुःखद घटनाको बारेमा लेखिएको पुश्कीनको रचनालाई सन् १८९८ मा रीम्स्की–कर्साकोभ भन्ने सङ्गीतकारले एक ओपेराको रूपमा प्रदर्शन गरे । जसमा मोचार्टको मृत्युको कारण अन्टोनिओ सालेरीको मोचार्टप्रतिको इष्र्या नै देखाइएको छ ।
सन् १८३० मा अलेक्जेन्डर पुश्कीनले ‘मोचार्ट एन्ड सालेरी’ भन्ने काव्यात्मक नाटक लेखेका थिए । अन्टोनिओ सालेरीको मृत्युको छ वर्षपश्चात् यो सन् १८३२ मा प्रकाशित भएको थियो ।
सन् १८२५ को मेमा अन्टोेनिओ सालेरीको मृत्यु भिएगको एक अस्पतालमा भएको थियो । आफ्नो मृत्यु हुनु छ महिनापहिले अन्टोनिओ सालेरीले मोचार्टलाई विषपान गराएको हुँ भन्ने कुरा स्वीकार गरेको भनेर बर्लिनको एक साप्ताहिक ‘आल्गेमाइने म्युजीकालिशे चाइटुङ्ग’ ले प्रकाशित गरेको कुरालाई भिएनाका सालेरीका साथीहरूले प्रतिवाद गरेका थिए ।
‘मोचार्ट एन्ड सालेरी’ नाटक पुश्कीनले आफ्नो निर्वासित जीवनमा लेखेका थिए । सन् १८३० मा जारशाहीविरोधी साहित्य र कविता लेखेबापत उनी छ वर्षसम्म रुसको राजधानी पिटर्सवर्गबाट निष्कासनमा परेका थिए । २० वर्षको उमेरमा निर्वासित कविले छ वर्षसम्म रुसी साम्राज्यका दक्षिणी क्षेत्रमा रहेर उक्राइना, माल्डाभिया, काउकास र क्रिमिया क्षेत्रमा घुमफिर गरी धेरै उत्कृष्ट साहित्यिक रचना रचे । त्यसमध्ये एक हो, ‘मोचार्ट एन्ड सालेरी’ । त्यस्तै ‘फान्टान अफ बक्छीसाराई’ पनि त्यही अवधिमा लेखिएको थियो । उनको विश्वविख्यात ‘त्गेनी अनेगीन’ पनि निर्वासनमा लेखिएको थियो । सन् १८२५ देखि १८३२ सम्म ६–७ वर्ष लगाएर लेखिएको यस कृतिलाई ‘रसियन इन्साइक्लोपेडिया’ पनि भनिन्छ ।
रुसी जार शाहीको आँखाको कसिङ्गर बनेका रुसी कवि अलेक्जेन्डर निर्वाचनमा रहँदै गर्दा जारशाही शोसकविरुद्ध लेखिएका पुश्कीनका कविताहरू कोरिएका पर्चाहरू हात–हातमा बोकी तत्कालीन रुसी जनसमुदाय राजधानी पिटर्सवर्गको आन्दोलनमा उत्रे । त्यस आन्दोलनलाई ‘डिसेम्बर अपराइजिङ्ग’ भनियो ।
सन् १८२५ डिसेम्बर २६ तारिखमा रुसको तत्कालीन राजा ‘निकोलस प्रथम’ को विरोधमा उत्रिएको त्यस जनविद्रोहलाई ‘डिसेम्बर विद्रोह’ भनिएको हो ।
डिसेम्बर आन्दोलनको कारण
सन् १८२५ मा जार निकोलास प्रथमले आफ्नो दाजु कन्स्टान्टिनलाई हटाएर आफू राजगद्दीमा बस्न खोज्दा ३००० को हाराहारीमा रुसी सैनिकहरू विरोधमा उत्रेका थिए र उनीहरूका समर्थहरू जो जार निकोलास् प्रथमको विरोधी थिए ।
सुरूमा जार अलेक्जेन्डर प्रथमले रुसमा केही सुधारहरू ल्याउने घोषणाले जनता र रुसी–सेना खुसी भएका थिए । राजनीतिक र सामाजिक सुधार हुने कुराले रुसी जनजीवनमा केही खुसियाली छाएको थियो तत्कालीन फ्रान्सका वादशाह नेपोलियन बोनापार्ट र अलेक्जेन्डर प्रथमले दुई देशबीच मैत्री सम्बन्ध राख्ने कुराले देशमा केही उत्साह छाएको थियो शैक्षिक क्षेत्र तथा आर्थिक क्षेत्रमा व्यापक सुधार हुने कुराले जनतामा उत्साह बढेको थियो
उक्त सुधारवादका मुख्य पात्र काउन्ट मिखाइल स्पेरान्स्की थिए । सन् १८०८ देखि १८१२ सम्म स्पेरान्स्कीको लोकप्रियता बढ्दै गयो । तर, पछिल्लो समय उनको नियतिमा शङ्का उत्पन्न भयो । उनको नीतिले गर्दा कतै नेपोलियनले रुसमाथि आक्रमण त गर्ने होइन भन्ने जनमानसले उनीविरुद्ध आवाज उठाउन थाले । उनी केही समयको लागि निर्वासनमा पठाइए ।
सन् १८१९ मा निर्वासनबाट फर्केपछि उनलाई साइबेरियाको गभर्नरको रूपमा पठाइयो ।
तत्कालीन रुसी साम्राज्यमा दासप्रथा चल्दै थियो र ‘डिसेम्बर विद्रोह’ को एक लक्ष्य दासप्रथा हटाउनु थियो । दासप्रथा निर्मूल गर्नुको साथै देशमा संवैधानिक राजतन्त्रको स्थापना गर्नु मूल उद्देश्य थियो डिसेम्बर आन्दोलनको । डिसेम्बर आन्दोलनका अगुवाहरू ६ सय जति थिए । उनका पछाडि थुप्रै बुद्धिजीवी र अन्य धनाढ्य व्यक्तिहरू पनि थिए जो तत्कालीन सत्ता विरोधी थिए ।
सन् १८१२ मा नेपालियन बोनापार्टले रुसी साम्राज्यमाथि ठुलो आक्रमण गरे । नेपोलियनले युद्धमा हार खाएर फर्के पनि उक्त विभत्स युद्धका कारण रुसी जनताले धेरै दुःख कष्ट भोग्नुप¥यो । डिसेम्बर आन्दोलन हुनुको पछाडि यो पनि एउटा मुख्य कारण थियो ।
इतिहासविद्हरू यो पनि भन्छन् कि रुसी साम्राज्यमा डिसेम्बर आन्दोलन हुनुमा संयुक्त राज्य अमेरिकामा भएको स्वतन्त्र सङ्ग्राम र अमेरिका स्वतन्त्र भएको उद्घोषणको प्रभाव परेको थियो । रुसमा त्यसबेला जारी गरिएको संविधान हुबहु अमेरिकी संविधानजस्तै थियो ।
डिसेम्बर आन्दोलनको दमन
सन् १८२६ को जनवरीमा डिसेम्बर आन्दोलनकारीहरू ठुलो दमनमा परे । आन्दोलनका धेरै अगुवाहरू पक्रिए । विभिन्न ठाउँबाट आन्दोलनका नेताहरू अदालती कारबाहीको लागि मुद्दा चलाउन सेन्ट पिटर्सवर्ग (राजधानी) ल्याइए । समातिएका डेकाब्रिस्ट नेताहरूलाई पिटर्सवर्गको ‘विन्टर पालास’ मा मुद्दा फैसला सुनाउन ल्याइए । कैयौँ डिकाब्रिस्टहरूलाई फासी दिइयो । कैयौँलाई गोली हानी मारियो भने कैयौँलार्ई आजीवन सजाय र मृत्युदण्ड दिइयो । कैयौँ साइबेरिया, काजास्तान र सुदूरपूर्वमा निर्वासनमा पठाइए ।
साइबेरियाको निर्वासन सबैभन्दा कठोर ठानिन्छ । साइबेरिया पठाइएका निर्वासितहरूमध्ये ८० प्रतिशतको निर्वासनमा अकाल मृत्यु हुनेगर्दथ्यो । १०–२० प्रतिशत जीवित फर्कन सफल हुन्थे – कोही सजायको समय सिध्याएर भने कोही कैदबाट लुकीछिपी भागेर ।
डिसेम्बर आन्दोलनमा धेरै प्रोमिनेन्ट व्यक्ति र बुद्धिजीवीहरूमाथि पनि शङ्का गरिएको थियो । त्यसमध्ये रुसी कवि अलेक्जेन्डर पुश्कीन एक प्रमुख थिए । रुसी राजधानी पिटर्सवर्गमा विद्रोह सुरु भएको थाहा पाएलगत्तै पुश्कीनलाई लागेको थियो उनीमाथि पनि शङ्का अवश्य गर्छन् भनेर । यद्यपि पुश्कीन स्वयम् रुसको दक्षिणी भाग निर्वासनमा थिए र त्यसबेला उनी ‘मिखाइलोभ्स् कार्याे भन्ने सहरमा बस्दै थिए ।
Leave a Reply