कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुुर, ५ असोज । उद्योगी–व्यापारीहरूमा सांस्कृतिक स्तर हुनु आवश्यक छ । त्यस्तै उद्योगी–व्यापारीमा नागरिक भावना र सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ । भक्तपुर नगरपालिकाका निरीक्षक अधिकृतले भदौ ४ गते भक्तपुर औद्योगिक क्षेत्रको नेपो टेक्सटाइलका मालिकलाई भने, “तपाईँको जस्ताको टहरामा सञ्चालित टेक्सटायल कारखानाबाट निस्केको ध्वनि प्रदूषणले स्थानीय जनतालाई समस्या भयो ।” नेपो टेक्सटायलका मालिक जङ्गिए, “भक्तपुर नगरपालिकाले के गर्नसक्छ गर्नू, कुरा सुन्ने फुर्सद छैन ।”
भक्तपुर नगरपालिकाका निरीक्षक अधिकृत अभैm सम्झाउने कोशिश गर्छन्, “कारखानाका मालिक भएर यस्तो खस्रो व्यवहार गर्न मिल्छ ? ध्वनि प्रदूषण फाल्ने काम किन गर्नुहुन्छ ?”
भक्तपुर औद्योगिक क्षेत्र २०३५ सालमा विश्व सम्पदा क्षेत्र भक्तपुर दरबार क्षेत्रमै जोडिने गरी स्थापना भएको हो । यो अहिले बस्तीको बीचमा परिसक्यो । त्यसैले नेपाल सरकारले आव ०७३÷०७४ को बजेटमा र भक्तपुर नगरपालिकाले यसै आवमा उक्त औद्योगिक क्षेत्र स्थानान्तर गर्ने निर्णय गरिसके । स्थानीय तहले भूमिको वर्गीकरण गर्ने अधिकार राख्छ । तर, कर्पोरेटहरूको घेरामा परेको औद्योगिक क्षेत्र व्यवस्थापन लि. स्थानीय र सङ्घीय सरकारको निर्णयविपरीत लागिरहेको छ ।
औद्योगिक क्षेत्र स्थापनाको बेला स्थानीय जग्गावाला किसानहरूलाई काममा लगाउने गरी रोपनीको ६ हजार रुपैयाँमा अधिग्रहण गरिएको थियो । काम नपाएका किसानहरूले आप्mनो जग्गा फिर्ता पाउनुपर्ने आवाज उठाइरहेका छन् । सरकारले बनाएका भवनसमेतको जग्गा उद्योगीहरूले वार्षिक ५–१० हजारमा बहालमा लिएका छन् ।
भक्तपुरको सीपमा आधारित हस्तकला, काष्ठकला, मृतिकाकलालगायत उद्योग प्रवद्र्धन गर्न स्थापना भएको उक्त साना उद्योग क्षेत्रलाई कर्पोरेटहरूले ध्वनि र रसायन प्रदूषण हुने टेक्सटायललगायत उद्योगहरू सञ्चालन गर्न सरकारलाई भक्तपुर औद्योगिक क्षेत्र बनाउन लगाए ।
स्थानीय गरिब किसानको जग्गा कर्पोरेटहरूले कसरी कब्जा गर्छन् भन्ने यो एउटा उदाहरण हो । किसानको जग्गा, सरकारको भवनमा बिनालोडसेडिङ्ग नेपो टेक्सटायललगायत उद्योगहरूमा उनीहरूले रजाइँ गर्दै छन् ।
सरकारले सुरुमा भक्तपुरको मौलिकतासँग मिल्ने साना उद्योगलाई प्रवद्र्धन गर्न भवनहरू बनाएको थियो । नेपो टेक्सटायललगायतले मौलिक शैलीको भवनलाई जस्ता टहरा बनाई ध्वनि प्रदूषण फाले र स्थानीय विद्यार्थीहरूको पढाइमा समेत बाधा पारे । स्थानीय जनताले ध्वनि र रसायन प्रदूषण फाल्ने नेपो टेक्सटायललगायत उद्योगहरू हटाई ध्वनि र रसायन प्रदूषण नहुने उद्योग सञ्चालनको लागि पटक–पटक औद्योगिक क्षेत्र व्यवस्थापन लि. र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरे । उल्टो नेपो टेक्सटायलले भदौ २० र २१ गते दर्जनौँ टेक्सटायल मेसिन थपेर ध्वनि प्रदूषण झन् बढायो र विद्यार्थीहरूको भविष्यमा खेलबाड ग¥यो ।
स्थानीय पीडित जनता र ध्वनि प्रदूषण फाल्ने नेपो टेक्सटायलबीच मनमुटाव नबढ्दै उक्त टेक्सटायल उद्योगलाई ध्वनि नफाल्ने अर्को उद्योग सञ्चालन गराउन वा सो उद्योग हटाउन सम्बन्धित निकायबाट अविलम्ब कारबाही हुनु आवश्यक छ ।
Leave a Reply