भर्खरै :

कोरोना भाइरस: ‘ट्रम्प भाइरस’

सिनेमाको एउटा चर्चित संवाद छ, ‘आगोसँग खेल्ने जलेर मर्छ, पानीसँग खेल्ने डुबेर मर्छ ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले कोरानासँग खेले ! तर ट्रम्पले आफूलाई मात्र कोरोनाले जलाएनन् लाखाँै सर्वसाधारणको ज्यानसमेत लिए । धेरै अमेरिकीलाई ट्रम्पले भनेको कुरा सम्झना छ होला ! उनले भनेका थिए “सबै कुरा नियन्त्रणमा छ, भाइरस जादुको रूपमा हराउनेछ ।” ट्रम्पको अहमको परिणाम सबैको अगाडि स्पष्ट छ, भाइरस हराएको छैन तर हजारौँ अमेरिकी यो संसारबाट हराए । धनाढ्य अनि त्यसमाथि राष्ट्रपति ! अति आधुनिक एवम् उत्कृष्ट उपचारबाट ट्रम्प त कोरोनाबाट मुक्त होलान् तर लाखौँ गरिब पहुँच नभएका अमेरिकीहरूले अनाहकमा ज्यान गुमाउनु परेको छ । इतिहासकारहरूले एक दिन लेख्नेछन्, ट्रम्पको कुप्रबन्ध, झूट र सत्य लुकाएको कारणले लाखौँ अमेरिकीहरूको मृत्यु भएको थियो ।
कोरोना चमत्कारी ढङ्गले कम हुनेछ भनेर ट्रम्पले भनेजस्तै भएन तर अमेरिकी अर्थतन्त्रको वृद्धि दर चाहिँ कम भयो । इतिहासमै नभएको अर्थतन्त्र ३३ प्रतिशत सङ्कुचनमा गएको छ । थुप्रै अमेरिकी बेरोजगार भएका छन् । धेरै अमेरिकीले ठिक्कै भविष्यवाणी गरेका थिए, ट्रम्पको राष्ट्रपति पद आधुनिक इतिहासको सबैभन्दा नराम्रो हुने भनेर । तर, कसैले यतिसम्म कल्पना पनि गरेका थिएनन् कि यसको परिमाण विनाशकारीसमेत हुनेछ । कोरोना फैलिनुमा आफू जिम्मेवार छैन भनेर ट्रम्पले गरेको घोषणा घाउमा नुनचुक छर्नुजस्तै भएको छ अमेरिकीको लागि । उनी आफ्नो विफलताको दोष अरूलाई दिन्छन्, कोरोनाको दोष चीनलाई दिए । हालसम्म २ लाख १० हजारभन्दा बढी अमेरिकीले कोरोना भाइरसको कारणले आफ्नो ज्यान गुमाइसकेका छन् । ट्रम्पको उदासीनता, घोर असक्षमता, नेतृत्वको अभाव, लापरबाही र कर्तव्य विमुखताको कारण ती अमेरिकीले आफ्नो जीवन अनाहकमा गुमाए ।
‘अरूलाई के चिन्ता घरज्वाइँलाई खानकै धन्दा’ भनेजस्तै ट्रम्प आगामी चुनाव जित्न अनेक बहाना गरिरहेका छन् । अमेरिकी जनताको सहानुभूति पाउने मनसायले अस्पतालमा भइरहेको उपचारका फोटोहरू पोस्ट गर्ने, कहिले बाइबल समाती बसेको फोटो पोस्ट गर्ने गर्छन्, ट्रम्प । जब शासक सिद्धान्तविहीन हुन्छ, सत्तामा जान कुनै विकल्प भेट्टाउँदैन, तब विष पोतिएको धर्मरुपि राजनीतिक कार्ड प्रयोग गर्छ । किनभने धर्म यस्तो बुटि हो जसबाट विद्वानलाई पनि सजिलै मूर्ख बनाउन सकिन्छ । ट्रम्पले मुख छोप्न मास्क नलगाए पनि मास्कले ट्रम्पको दिमागलाई पुरै छोपेजस्तो छ । किन अमेरिकीहरू ट्रम्पको झूट र छललाई स्वीकारिरहेका छन् ? ट्रम्प केवल युद्ध सुरु गर्न खोजिरहेका छन्, ट्रम्प युद्ध होस् भन्ने चाहन्छन् ता कि नोभेम्बरमा चुनाव जित्न सकियोस् ।

चीनले उहान लकडाउन गर्दा जनमुक्ति सेनाले घर–घरमा बन्दोबस्तीका सामान पु¥याएको थियो । मास्क नलगाइकन बाहिर निस्कन बन्देज थियो । स्वास्थ्य समस्या पर्दा तत्कालै उपचारको व्यवस्था गरेको थियो । १० दिनमा हस्पिटल बनाएको थियो । जनता पनि जिम्मेवार, जवाफदेही र जनपक्षीय सरकारको निर्देशनको पालना गरेर घरभित्रै बसेका थिए । अनुशासित जनता, जिम्मेवार नेताहरू भएको देश चीन हो । कोरोना हवाईयात्राको माध्यम संसारभर फैलियो ।

चीनमा कोरोना भाइरस सङ्क्रमणले उचाइ लिइरहेको बेला पुरै अमेरिका ताली बजाएर गिज्याउँदै थियो तर कोरोनालाई चीनले सुशासन, लगनशिलता र कडा मेहनतले छिट्टै नियन्त्रणमा लियो । पूरा अमेरिका कोरोनाबाट गाजिँदा चीनलाई दोषी देखाएर अहिलेको माहोलमा आफू ‘हिरो’ बन्न खोज्नु ट्रम्पको मूर्खता थियो । जब कोरोना सम्पूर्णरूपमा संसारबाट बिदा हुन्छ त्यतिबेला कसको ‘पाप’ को परिणाम हो भन्ने कुरा विश्वसामु छर्लङ्ग हुनेछ । बदमास ट्रम्प नै हो भन्ने कुरा पछि प्रमाणित हुँदै जानेछ । अहिले चीन चिकित्सकका साथ औषधिले भरिएको हवाईजहाज लिएर चिनियाँ टोलीहरू विभिन्न मुलुकमा सहयोगको लागि हिँडिरहेका छन् ।
तर्कका लागि तर्कजस्तो पनि गर्न सकिन्छ किन्तु तथ्यसहित तर्क गर्न गा¥हो हुन्छ । चीनको राजधानी र नजिकका सहरमा नभेट्ने टाढाको युरोप अमेरिका पुग्ने भन्दै चीनमाथि आरोप लगाउँदा भाइरस नियन्त्रणका लागि चीनले उठाएको कदमबारे मौन रहनुको पछाडि के रहस्य छ ? हिजो चीनले जुन कदम उठायो उक्त कदम कति कठोर थियो भन्ने तथ्यगत कुरा किन गरिँदैन ? हिजो त्यही अमेरिकी मिडियाले चिनियाँ सरकारले चिनियाँहरूलाई चिडिया घरको जनावरलाई जस्तै व्यवहार ग¥यो भनेर चीनले गरेको लकडाउनको विरोध गरेको होइन र ?
बेला छउञ्जेल ‘चिनियाँ भाइरस’ भनेर कुरा काट्दै बिताइयो । ट्रम्पलाई चीनको अनुभवबाट सिक्न प्रशस्त समय थियो तर उनले अवसर चुकाए र अहिले आफ्नै हेलचेक्राइँको परिणाम भोग्दै छन् । नेपालको सन्दर्भमा पनि चीन र अमेरिकाबाट सिकेर लाभ लिने पर्याप्त समय हामीसँग थियो । तर, सरकार र जनता दुवैबाट सिक्न र उचित तयारी गर्नसकेनौँ । जसको परिणाम नेपालीमा पनि हरेक दिन झन्डै तीन हजार सङ्क्रमित पुगेको छ । प्रसङ्ग फेरि ट्रम्पकै । एउटा क्रूर, अमानवीय र पुँजीवादको ठेकेदारलाई शासक छानिसकेपछि त्यसको यथोचित फल त जनताले पाउने नै भए । कोरोना नियन्त्रणमा आफ्नो अकर्मण्यता ढाकछोप गर्न ट्रम्पले पटक–पटक चिनियाँ भाइरस भन्दै चीनमाथि आक्षेप लगाउँदै गए । ट्रम्पले आफ्नो अहङ्कार कतिसम्म देखाए भने सि चिङ फिङलाई चिनियाँ राष्ट्रपति नभन्ने रे !चीनको विरोध गरेरै चुनाव जित्ने कुत्सित मनसाय देखाउने ट्रम्पले खुलमखुला आफ्नो जनता लकडाउन उल्लङ्घन गर्न उक्साए । खासमा चीनले उठाएको कदमलाई पछ्याउँदा आफूले हिजो चीनमाथि लगाएका आरोप आफैँतिर फर्किने घमण्डले आज सबैभन्दा बढी अमेरिकी जनता असुरक्षित भएका छन् ।
चीनले उहान लकडाउन गर्दा जनमुक्ति सेनाले घर–घरमा बन्दोबस्तीका सामान पु¥याएको थियो । मास्क नलगाइकन बाहिर निस्कन बन्देज थियो । स्वास्थ्य समस्या पर्दा तत्कालै उपचारको व्यवस्था गरेको थियो । १० दिनमा हस्पिटल बनाएको थियो । जनता पनि जिम्मेवार, जवाफदेही र जनपक्षीय सरकारको निर्देशनको पालना गरेर घरभित्रै बसेका थिए । अनुशासित जनता, जिम्मेवार नेताहरू भएको देश चीन हो । कोरोना हवाईयात्राको माध्यम संसारभर फैलियो । चीनले आफ्नो पूरै ताकतले लकडाउन ग¥यो भने ट्रम्पले कोरोनालाई हल्का तरिकाले लिए । चीनको लकडाउनलाई व्यङ्ग गर्दै “अमेरिका बन्द हुन बनेको होइन” भन्ने लाजमर्दो तर्क गर्नुपर्ने बाध्यता ट्रम्पमाथि आइलाग्यो । हो, यहीनिर ट्रम्प चुके ।
चीन एक अनुशासित र आर्थिक अनुशासनमा हिँडिरहेको मुलुक हो । चीनले कहिल्यै पनि आफ्नो विचार अरू देशमाथि थोपर्ने प्रयास गरेन । चीन आफ्नो काम गर्दै छोटो समयमा ठूलो प्रगति गरेको देश हो । चीनले ल्याबमा भाइरस बनाएको तर्क चीनलाई विश्वबाट एक्ल्याउन ट्रम्पकोे षड्यन्त्रको पछाडि लुकेको मनगढन्ते तर्क हो । चीन रोबोट, हवाईयान, पानीजहाज, औषधिजस्ता मानव जीवन सहज बनाउने विभिन्न आधुनिक उपकरण बनाउँदै छ तर सजीव भाइरस बनाउँछ भन्ने कुरा निराधार हो । चीन विश्वको उदाउँदो शक्तिशाली राष्ट्र हो । विश्वको आर्थिक महाशक्ति राष्ट्रको रूपमा चीनलाई स्थापित हुनबाट अब अमेरिकाले रोक्न नसक्ने प्रस्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *