भर्खरै :

छोरी

एउटा सानो प्राचीन सहरको एउटा टोलमा स–साना घर–परिवार भएको एउटै जातिका मानिस बस्छन् । सुनसान, शान्त त्यस बस्तीका मानिसहरू खेतिपाती गर्छन्– यसलाई प्राचीनताको एउटा नमुना
भनौँ !
जाडोमा लामो गलबन्दी लगाउने दुब्लो पातलो ४०–४१ वर्षका एक जना शिक्षकको परिवार पनि त्यहीँ छ । सा¥है कम बोल्ने र जहिले देख्दा पनि मुसुक्क हाँस्ने त्यस शिक्षकलाई कसैले कविजी नामले बोलाउँछन् र कोही–कोही आपसमा कानेखुसी गर्र्दै उनलाई व्यङ्ग्य चित्रकार वा कार्टुनिस्ट पनि भन्ने गर्छन् ।
छिमेकमा दुईतीन खुद्रा पसल र सानो चिया पसल पनि छन् । एउटा पसलमा कविकी १२–१३ वर्षकी छोरी प्रियाले पसलेसँग चुरोट मागिन्, “पसले काका, बाको लागि एक बट्टा चुरोट दिनुस् रे !”
“छोरी, के तिमी मेरो कुरो सुन्छ्यौ ?” पसलेले मायालु भाषामा प्रश्न ग¥यो । “भन्नुस् न काका म सुन्छु नि !”, प्रियाले उत्तर दिइन् । “हिजो तिम्रो दाजुलाई डाक्टरले भनेको सुनेको थिएँ, “बालाई चुरोट खान छोड्न लगाउनुप¥यो, ढिलो भयो भने नराम्रो रोग लाग्छ ।” यसकारण, छोरी प्रिया बुबालाई सम्झाउनू है !” एकछिन अडिएर पसले बोल्छ “म केही दिनपछि चुरोट बेच्नै छोड्छु ।” “हस् काका म बालाई भन्छु । धन्यवाद काका !” भन्दै प्रिया चुरोटको बट्टा लिएर जान्छिन् ।
xxx
शिक्षकको हातमा सल्केको चुरोट थियो ।
“बुबा, मैले हजुरको कुरा सुनेर कबड्डी खेल्न छोडेँ नि है !” “हो छोरी तिमी ज्ञानी छ्यौ । मलाई कहिलेकाहीँ त्यस्तो खेलबाट तिमीलाई चोट–पटक लाग्ला भनी पीर पथ्र्यो ।” शिक्षकले मायालु स्वरमा भन्यो ।
“त्यसो भए म एउटा कुरा सोधूँ है बुबा ? जवाफ त दिनुहुन्छ ?”
“अवश्य ! छोरी ।”
बुबा, मलाई असाध्य माया गर्नुहुन्छ, हगि ?”
“हो, छोरी ! तिमी र तिम्रो दाजुबाहेक हाम्रो अरू को छ र ! भन न !”
“त्यसो भए मेरो कुरो पनि मान्नुहुन्छ, होइन बुबा ?”
“हो, छोरी !” शिक्षकले उत्तर दियो ।
“वचन दिनुहुन्छ ?” “दिएँ लौ भन न !” शिक्षकले आश्वासन दियो ।
सा¥है खुसी भएर प्रियाले भनिन्, “बुबा, अबदेखि मलाई चुरोट किन्न नपठाउनुस् है ¤ आमा पनि भन्नुहुन्थ्यो, बुबाको चुरोट खाने बानीले स्वास्थ्यलाई राम्रो गर्दैन ।”
“हो छोरी अब म चुरोट खाँदिनँ !” शिक्षकले वचन दियो ।
xxx
बुबा र छोरीले कुरा गर्दागर्दै आधा चुरोट खरानी भयो । चुरोटको धुवाँको एक धर्को माथि–माथि उड्दै थियो ।
शिक्षकले सा¥है ध्यान दिएर हातको चुरोट हे¥यो । उसको आँखाबाट दुई थोपा आँसु तप् तप् चुरोटमा खसे ।
चुरोट निभ्यो । निभेको चुरोट चिटिक्क परेको माटोको भाँडो (एस्ट्रे) मा राख्दै छोरीको टाउकोमा हात राखी शिक्षकले भन्यो, “छोरी, अब म कहिल्यै चुरोट खान्नँ ¤”
छोरी खुसी हुँदै शिक्षकको हात समात्दै उठिन् र भनिन्, “बुबा अब म यो समाचार आमालाई सुनाउँछु !”
छोरी र आमाको खुसीको सीमा थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *