भर्खरै :

लेनिनका जीवनका पानाहरू – १४ / क्रेमलिनमा लेनिनको अध्ययन–कक्ष

  • बैशाख १८, २०७८
  • लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा
  • साहित्य

यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी १९०४–१९०५ मा निर्वासनमा थिइन् । त्यहाँ उनले बोल्शेभिक समुदायबिच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा क्रुप्सकायालाई सघाइन् । १९०५ को क्रान्ति र महान् अक्टोबर क्रान्तिमा सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुआती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनको बारेमा अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनको बारेमा फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।
१९१८ र १९१९ मा लेनिनलाई जुन अति असुविधाका परिस्थितिहरूमा काम गर्नु परेको थियो, आज त्यसको कल्पना गर्न पनि कठिन छ । वास्तवमा, त्यसको औचित्य सिद्ध गर्न मुस्किल प्रतीत हुन्छ, तर त्यसको कारण त्यस समयका परिस्थितिहरूमै निहित थियो । देश युद्धले तहसनहस थियो, हरदिन सोभियत सत्ताको अस्तित्व खतरामा थियो र तीव्र सङ्घर्ष चलिरहेको थियो ।
अरू संस्थाहरूले ती पुराना संयन्त्रहरूलाई विरासतमा पाएका थिए, जोसँग तमाम अपूर्णता भए पनि आवश्यक अनुभव थियो । त्यो हेर्दा साज–सज्जाले राम्रोसँग सुसज्जित पनि थियो । जनकमिसार परिषद्को संयन्त्र इतिहासको पहिलो मजदुर सरकारको संयन्त्रलाई स्वभावतः नयाँ ढङ्गले बनाइरहेको थियो । त्यसका कर्मचारीमध्ये बहुसङ्ख्यक कर्मचारीले पहिला कहिल्यै कार्यालयमा काम गरेका थिएनन् । यसको एक राम्रो पाटो पनि थियो, किनकि नोकरशाहीको अभावले नै अन्य संस्थाका संयन्त्रविरुद्ध जनकमिसारपरिषद्का संयन्त्रहरूलाई वरिष्ठता प्रदान गरिएको थियो ।
स्वयम्ले श्रृजनात्मक ढङ्गले जनकमिसार परिषद्को संयन्त्रको निर्माण गरेका थियौँ । तर, दुःखको कुरा हामीले आफूलाई त्यही खोजिरहेको पाउथ्यौँ, जुन धेरै पहिले गइसकेको थियो । हामीले बिस्तारै–बिस्तारै, एकएक पाइला गर्दै काम गर्न र परिस्थितिहरूलाई लेनिनको लागि सुविधाजनक बनाउन सिक्यौँ ।
म लेनिनको क्रेमलिनस्थित अध्ययन कक्षलाई वर्णन गर्न चाहन्छु । त्यो सुरुमा जस्तो थियो, हाम्रो जमानासम्म नगन्य परिवर्तनको साथ रहिरह्यो । लेनिनले मस्कोमा आफ्नो पाँच वर्षको कार्यकालमा, आफ्नो धेरै समय यसै कोठामा बिताउनुभयो । त्यो साधारण किसिमले सजाइएको कोठा संसारका हरेक मानिसहरूको विचार, आशा र पे्रमको केन्द्र थियो । जहाँ हाम्रो युगको महानतम् प्रतिभाले चिन्तन ग¥यो, श्रृजन ग¥यो र जनताको सुखहेतु सङ्घर्ष ग¥यो ।
जब सरकार पहिलोचोटि पेत्रोग्रादबाट मस्को आयो तब क्रेमलिनमा जनकमिसार परिषद्को पूरा कार्यालयमात्र ६ कोठाको थियो । ती सबै कोठाहरू एउटै पङ्क्तिमा थिए । त्यसमध्ये लेनिनको अध्ययन–कक्ष पनि थियो । जनकमिसार परिषद्को कार्यालयसँग जोडिएको एउटा चौडा कौसीको अन्तिममा उहाँको चारवटा साना कोठा भएको आवास थियो । जुन एकदम साधारण ढङ्गले सजाइएको थियो । पछि जव भवनको दोस्रो खण्डसम्म जनकमिसार परिषद्को कार्यालय फैलियो, तब लेनिनको घरमा एउटा अर्को कोठा जोडियो, त्यो कोठा उहाँ बिरामी हुँदा ड्युटीमा खटिएका डाक्टरहरूको प्रयोगहेतु थियो ।
लेनिनलाई आफ्नो अध्ययन–कक्षमा पुग्न कौसी हुँदै जानुपथ्र्यो । १९१८ मा एउटा साँघुरो गल्लीलाई छोडेर त्यस कौसीमा तार कार्यालय थियो । जहाँ टेलिग्राफबाट समाचार पठाउने र हासिल गर्ने तथा टेलिफोन सम्पर्क गर्ने काम रात–दिन तीव्रगतिमा चलिरहन्थ्यो । सबै अत्यावश्यक र गुप्त सञ्चारहरूको लागि यसै तार–संयन्त्रको उपयोग गरिन्थ्यो, जसमा अपरेटरहरू विश्वसनीय र परीक्षण गरिएका मानिसहरू थिए ।
१९१८ मा लेनिनसँग भेट्न आएका मानिसहरूलाई त्यो तार–संयन्त्र सम्झना होला । त्यो लेनिनको अध्ययन–कक्षको अभिन्न अङ्ग नै थियो । त्यो देशको जीवनको मेरुदण्ड थियो । त्यहीँ लडाइँका मोर्चाहरूबाट रिपोर्ट आउँथे । त्यसैमार्फत आदेश जारी हुन्थ्यो ।
यसै कौसी भएर अध्ययन कक्षको त्यो बाट लेनिन धेरैजसो आतेजाते गर्नुहुन्थ्यो । सडकतर्फ निस्कने ढोका, त्यो ढोकाको ठ्याक्कै सामुन्ने थियो । १९१८ को अन्त्यमा त्यस तार–संयन्त्रलाई अन्त सारियो र कौसीमा अध्ययन–कक्षको ढोकाबाहिर, एकजना पाले राखिएको थियो । पछि पालेको ठाउँ अखिल रुसी असाधारण आयोगका एकजना कार्यकर्ताले लिए ।
जनकमिसार परिषद्मा जाने जो कोही पनि त्यही ढोका हुँदै जानुपथ्र्यो । ती दिनमा जनकमिसार परिषद्मा काम भएका जो कोही पनि लगभग बेरोकटोक आउजाउ गर्न सक्थे ।
लेनिनको अध्ययन–कक्षको अर्को ढोका माथिल्लो तलाको फोन–केन्द्रतिर खुल्थ्यो । यो पनि एउटा सानो कोठा थियो । फोन–केन्द्र पनि कौसीको तार–संयन्त्रजस्तै लेनिनको अध्ययन–कक्षको अभिन्न हिस्सा थियो । यो कोठा अन्तिमसम्म यस्तै रह्यो । ती दिनमा लेनिनलाई भेट्न आउने साथीहरूलाई अवश्य नै यो कोठा र कौसीको तार–संयन्त्र दुवै याद होला । फोन–केन्द्रमार्फत जनकमिसारहरूको कार्यालय र घरहरू, रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को केन्द्रीय समिति, लालसेनाका पेत्रोग्रादका मुख्यालयहरू, खारकोभ तथा अन्य नगरहरूसँग सम्पर्क स्थापित गर्न सकिन्थ्यो ।
त्यो लडाइँका मोर्चाहरू, ‘विनाशपूर्ण परिस्थितिहरू’, सङ्कट र सेता गार्डहरूको षड्यन्त्रको समय थियो । पहिले लेनिनको अध्ययन–कक्षमा टेलिफोन थिएन । यसकारण, उहाँले फोन–केन्द्रबाट फोन गर्नुहुन्थ्यो । सङ्कटको समयमा सबै लेनिन वरपर जम्मा हुन्थे । अरू साथीहरू पनि फोन–केन्द्रमा जान्थे । १९१८ र १९१९का टेलिफोन अपरेटरहरू प्रशिक्षित र विश्वसनीय कार्यकर्ता थिए, जो जनकमिसार परिषद्सँगै स्मोल्नी(१) आएका थिए । लेनिन उनीहरूलाई आफ्ना सेक्रेटरी भन्नुहुन्थ्यो र प्रायजसो उनीहरूलाई फुटकर काममा लगाउनुहुन्थ्यो । जस्तैः पत्रहरू पठाउन, भेटघाटका निवेदन ल्याउन, तिनका जवाफहरू फर्काउन, टेलिफोनबाट सन्देश पु¥याउन इत्यादि । सबैभन्दा पहिले फोन–केन्द्रमै सबै सूचनाहरू आउँथे । त्यसबाट एउटा ढोका सिढिँतर्फ खुल्थ्यो । अध्ययन कक्षतर्फ खुल्ने ढोका कहिल्यै बन्द गरिँदैनथ्यो । फलतः अन्जान मानिसहरू फोन–केन्द्रतिरबाट बेरोकटोक अध्ययन–कक्षमा घुस्ने घटनाहरू धेरै भए । यसलाई ध्यानमा राखी फोन–केन्द्रको बाहिरी ढोकालाई बन्द राख्न थालियो र त्यसबाहिर एकजना ढोके राखियो । उसलाई एउटा सूची दियो । त्यो सूचीमा नाम भएका साथीहरूसिवाय कसैलाई पनि बिनासूचना भित्र जान नदिनु भन्ने आदेश दिइयो ।
मलाई सम्झना छ, जनकमिसार परिषद्को बैठकमा खाद्यका जनकमिसार त्सुरूपा अधिक परिश्रम र भोकको कारण मुर्छा पर्नुभयो र उहाँलाई केही मिनेट आराम गर्न फोन–केन्द्रको सोफालाई प्रयोग गर्ने सोच बनाइयो । तर, भित्र जान दिनका लागि पालेलाई सम्झाउने–बुझाउने सबै प्रयत्नहरू व्यर्थ भए ।
अन्त्यमा, जब लेनिनले अध्ययन–कक्षमा टेलिफोन लग्नुभयो तब बल्ल जिन्दगी केही सुविस्ताले चल्न थाल्यो । फोन–केन्द्रको काममा लेनिनका साना–तिना कामहरू पनि समावेश भए । टेलिफोन अपरेटरका कर्मचारीहरू पनि फेरिए । लेनिन प्रायजसो फोन–केन्द्रको सहायता लिनुहुन्थ्यो । विशेषगरी त्यस समय, जब उहाँले कुनै पत्रलाई छिटोभन्दा छिटो पठाउन वा तुरुन्त त्यसको जवाफ मगाउन चाहनुहुन्थ्यो । उहाँको निर्देशनमा हामीहरू ती लिफाफामा बन्द गरिएका पत्रका रेकर्ड राख्थ्यौँ, जुन उहाँले हामीलाई दिनुहुन्थ्यो । त्यस रेकर्डमा पत्रहरू पठाएको र पुगेको समय उल्लेख गरिन्थ्यो । लेनिन बिरामी भएको समयमा फोन–केन्द्रमार्फत गोर्की(२)सँग सम्पर्क कायम गरिएको थियो । लेनिनका आवश्यकताका सबै चिजहरू पहिला फोन–केन्द्रमै पुग्थ्यो । त्यहाँबाट उहाँलाई पठाइन्थ्यो ।
अध्ययन–कक्षको तेस्रो ढोका जनकमिसार परिषद्को सम्मेलन हलमा खुल्थ्यो, जुन सुरुमा दुईओटा झ्यालहरू भएको एउटा कोठामात्र थियो । त्यसलाई ‘लाल हल’ भनिन्थ्यो । १९१८ र १९१९ का वर्षहरूमा लेनिनले आफ्ना हरेक साँझहरू त्यसै हलमा बिताउनुहुन्थ्यो, किनकि त्यसबेला जनकमिसार परिषद्को बैठक आइतबारबाहेक हरदिन हुनेगथ्र्यो । धूमपानका कारणले त्यहाँ सास लिन पनि कठिन हुन्थ्यो । जब घाइते भएपछि लेनिन स्वस्थ भएर काममा र्फिर्कनुभयो, तब डाक्टरहरूले उहाँलाई धुँवा भरिएको कोठामा काम नगर्न आग्रह गरे । पछि ‘लाल हल’ मा धूमपान निषेध गरियो । सँगैको कोठामा पनि दुई ओटा झ्यालहरू थिए । यसैकारण सभाहललाई अझै ठुलो तथा खुला बनाउन १९२१ मा बीचको भित्तालाई फोरियो, यसरी त्यो हलमा चारवटा झ्यालहरू भए ।
लेनिनको जीवनकालमा जनकमिसार परिषद्को कार्यालय सभाहलमा नै थियो । यसको एउटा कारण त स्थान अभाव थियो, त्यस्तै लेनिनका आदेशहरूको अविलम्ब कार्यान्वयनको लागि उहाँ निकट रहनुपर्ने आवश्यकता पनि यसको कारण थियो ।
लेनिनका सबै आदेशहरूलाई असाधारण तयारीका साथ पूर्णतः पालना गरिन्थ्यो । मलाई एकचोटि रमाइलो घटना याद आउँछ, हाम्री अति उत्साही कार्यकर्ताले लेनिनको आदेशलाई साँच्चिकै अक्षरशः पालना गर्दाको घटना । एक दिन साँझ (मलाई सम्झना भएअनुसार १९२० मा हो) उहाँले ड्युटीमा भएकी एक कर्मचारीसँग भन्नुभयो, “मलाई कृषि जन–कमिसारियतको पूरा बोर्ड दिनुहोस् ।” उहाँको मतलब पक्कै पनि सदस्यहरूको सूची थियो, तर उनले उहाँको कुराको शाब्दिक अर्थ लगाइन् र सबै सदस्यहरूलाई बोलाउन टेलिफोन गर्न सुरु गरिन् । यसले खैलाबैला मच्चियो, नमच्चियोस् पनि कसरी ? भ्रम तब स्पष्ट भयो, जब कुर्दा–कुर्दा थाकेर लेनिनले ती कर्मचारीहरूलाई बोलाएर आदेश दोहो¥याउनुभयो । फलतः पहिलो आदेशलाई रद्द गर्न तुरुन्त टेलिफोन गरियो । जब लेनिनलाई यो भ्रमको बारेमा थाहा भयो, जसमा अंशतः उहाँको भ्रामक शब्दावली पनि जिम्मेवार थियो, तब उहाँले मुस्कुराउँदै र अनकनाउँदै भन्नुभयो, “के मैले साँच्चिकै यस्तै भनेको थिएँ?”
लेनिनसँग भेट्घाटमा आउने सबै मानिसहरू तेस्रो ढोका हुँदै कार्यालयको सभाहलसँगै सरको उहाँको अध्ययन–कक्षमा पस्थे । उहाँका निकटतम साथीहरूमध्ये केही टेलिफोनबाट पूर्व–अनुमति लिएर सीधै कौसीको बाटो हुँदै भित्र पस्थे ।
यसो सोच्नुस् त, पाँच वर्षको अवधिमा कति धेरै मानिसहरू आफ्ना उल्झन र समस्याहरू लिएर लेनिनको कोठामा प्रवेश गरे होलान् र उहाँसँग आशाप्रद पे्ररणा प्राप्त गरेर आफ्नो शक्ति सञ्चारको अनुभव गर्दै र नयाँ क्षितिजको उज्यालो हेर्दै फर्किए होलान् !
कोठाको भित्री साज–सज्जा अन्त्यसम्म लगभग त्यस्तै रह्यो, जस्तो पहिलो दिन थियो । समय बित्दै जाँदा साज–सज्जामा केही वृद्धि त भयो तर शैलीमा कुनै परिवर्तन आएन । त्यो सानो दुईओटा झ्यालयुक्त सामान्य कोठाको मुख्य विशेषता त्यसको सादापन र उपयोगिता थियो । त्यो कोठामा उहाँको व्यक्तित्वको झलक नदिने अनि उहाँको लागि अर्थहीन कुनै चिज थिएन । अपवादको रूपमा एउटा पुरानो घडी थियो, जसले सधैँ गलत समय बताउँथ्यो । प्रतिदिन एक मिनेटमात्र पनि ढिलो वा छिटो घडी लेनिनको लागि धेरै खराब हुन्थ्यो र यो घडीले त कहिलेकाहीँ पन्ध्र मिनेट नै खान्थ्यो ¤ यसको लागि लेनिनले त्यो बुढो घडी मिस्त्रीलाई धेरैचोटि बोलाउनुभयो, जसले क्रेमलिनका सबै घडीहरूमा रङ्ग भथ्र्यो, तिनको मर्मत गथ्र्यो । तर, त्यो घडी पक्कै पनि मर्मत लायक थिएन । तैपनि, लेनिनले त्यसलाई फेर्न मान्नुभएन । उहाँ भन्नुहुन्थ्यो, “अर्को पनि त्यस्तै खराब हुनसक्छ ।” तर अन्त्यमा त्यस पुरानो घडीको ठाउँमा नयाँ घडी राखियो ।
अध्ययन–कक्षको ढोकामा न त कुनै पर्दा थियो न त झ्यालमा । लेनिनको यस्तै इच्छा थियो । उहाँलाई पर्दा मन पर्दैनथ्यो र झुन्डिएका पर्दाहरू देखिसहनुहुन्नथ्यो । पर्दाले बाहिरी संसारबाट अलग्गिएको कोठा उहाँलाई निसास्सिँदो तथा बेचैन लाग्थ्यो ।
अध्ययन कक्षमा १४ डिग्री सेन्टीग्रेड तापमान राख्नुपथ्र्यो, किनकि कोठाको अधिक तापमान लेनिनको लागि अनुकूल पर्दैनथ्यो ।
उहाँ आफ्नो अध्ययन–कक्षमै बसिरहनुहुन्थ्यो । त्यो कोठा उहाँलाई प्यारो थियो । हामीले धेरैपल्ट आग्रह गर्दा पनि उहाँले भवनको दोस्रो खण्डको कुनै ठुलो र राम्रो कोठामा आफ्नो अध्ययन–कक्ष सार्ने कुरामा स्वीकृति दिनुभएन । त्यस्तै दृढतापूर्वक आफ्नो टेबल फेरेर कुनै राम्रो र ठुलो टेबल ल्याउन पनि उहाँले अस्वीकार गर्नुभयो ।
कोठाको लगभग बीचमा राखिएको उहाँको टेबलमाथि राखिएका हरेक चीजको आफ्नो निश्चित स्थान र प्रयोजन थियो । दायाँतर्फ लाउडस्पीकरको साथमा तीन थान टेलिफोन थिए । लेनिनको काममा टेलिफोनको भूमिका कति महत्वपूर्ण थियो र यसको प्रयोग उहाँले कति धेरै गर्नुहुन्थ्यो भन्ने सबैलाई थाहा थियो । यसैकारण टेलिफोनले राम्रोसँग काम नगर्दा, विशेषतः टाढा–टाढाका ठाउँहरूबाट कुराकानी गर्दाखेरि राम्रोसँग नसुनिँदा, टेलिफोन कुराकानीमा खल्लल पु¥याउने आवाज आएमा लेनिन कति खिन्न हुनुहुन्थ्यो होला भनी राम्रोसँग बुझ्न सकिन्छ । जनकमिसार परिषद्को प्रबन्धक, डाक–तार विभागका जनकमिसार तथा अन्य अधिकारीहरूको नाममा लेनिनका धेरै लिखित र मौखिक आदेश हामीमार्फत पठाइन्थे, जसमा टेलिफोनले राम्रोसँग काम गर्ने व्यवस्था गरियोस् भन्ने माग पनि हुन्थ्यो । तर, छिट्टै समस्या हटाउनु कसैको वशको कुरा थिएन । समस्याहरू हटाउन धेरै समय लाग्थ्यो ।
टिप्पणीहरू :
१) स्मोल्नी – पेत्रोग्रादको एक भवन, जसमा क्रान्तिपूर्व पुँजीपतिहरूको बोर्डिङ्ग स्कूल थियो । १९१७ मा स्मोल्नी अक्टोबर क्रान्तिको मुख्यालय बन्यो । त्यहीँबाट लेनिनले सशस्त्र विद्रोहको सञ्चालन गर्नुभयो । अस्थाई सरकारलाई उल्ट्याएपछि त्यसलाई जनकमिसार परिषद् र अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिले आफ्नो अधिकारमा लियो ।
२) गोर्की– मस्कोदेखि ३५ किलोमिटरको दुरीमा अवस्थित एक स्थान, जहाँ सेप्टेम्बर १९१८ को अन्त्यसम्म लेनिनले आफ्ना छुट्टीका दिनहरू बिताउनुभयो । उहाँले त्यहीँ आफ्ना धेरै कृतिहरू लेख्नुभयो । मे १९२३ को मध्यबाट उहाँले आफ्नो जीवनको अन्तिम वर्ष त्यहीँ बिताउनुभयो र २१ जनवरी १९२४ मा उहाँको देहान्त भयो । उहाँ जुन घरमा बस्नुहुन्थ्यो, त्यसलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।
प्रस्तुतिः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *