आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्टलगायत आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्थाको लागि विभिन्न सहकारी संस्था, सङ्घ–संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बुधबार पनि चालू छ ।
भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि १९ गतेसम्ममा रू. ४ करोड ५ लाख ८७ हजार ८९ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । यसै क्रममा बुधबारमा रू. ४४ लाख ७४ हजार ५ सय ५७ रुपैयाँ ५६ पैसा सहयोग प्राप्त भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्दै विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने सङ्घ–संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरूमा नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्दै नगरपालिकाका केही प्रकाशनहरू प्रदान गर्नुभयो ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा सङ्घ–संस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैङ्क लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्न नपाले अनुरोध गरेको छ ।
Leave a Reply