आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले बुधबार कमलविनायकका फलफुल पसलहरूमा अनुगमन ग¥यो ।
अनुगमनको क्रममा पसल दर्ता नभएको, महँगोमा बेच्ने गरेको, मापदण्डअनुसार पसल सञ्चालन नगरेको, बिग्रेको फलफुल भेटिएकोे, स्वास्थ्य मापदण्डअनुसार पसल सञ्चालन नगरेको, पसल नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएका त्रुटीहरू देखिएकोले सच्याउन निर्देशन दिएको अनुगमन टोलीका संयोजक गोराले जानकारी दिनुभयो ।
अनुगमन टोलीले विभिन्न पसलबाट बिग्रेको फलफुल जफत गरी नष्ट गरेको थियो । अनुगमनमा भनपाका जनप्रतिनिधि, भनपाका वडा निरीक्षक, भनपा श्यानिटेसन तथा कर शाखा, महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय उपभोक्ता मञ्च तथा घरेलु तथा साना उद्योग सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Leave a Reply