आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, १९ जेठ । कोभिड–१९ नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञामा अब खाद्य, किराना, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोरमा बिहानको समय दैनिक उपभोग्य वस्तु किनबेच गर्न खुला हुनेछ । बुधबारको तथ्याङ्कअनुसार काठमाडौँमा १०६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ सङ्क्रमित थपिएको थियो । यो अङ्क एक महिना अघिको भन्दा घट्दो हो, तर सामान्य होइन । यसकारण काठमाडौँ उपत्यकाजस्तो भीडभाड हुने क्षेत्रमा निषेधाज्ञा खुकुलो गर्नु जोखिमपूर्ण हुने भएकोले सरकारी अनुगमन थप आवश्यक छ ।
सार्वजनिक निर्माण र भन्सार विन्दुबाट छुटेका मालवाहक सवारी पनि सञ्चालन गर्न दिइने र औद्योगिक क्षेत्रहरूमा मजदुर आउजाउ गराएर सञ्चालन गर्न दिइने अबको निषेधाज्ञाको मोडालिटीले सङ्क्रमणको जोखिम बढाउने अनुमान विज्ञहरूको छ । निषेधाज्ञाको यो मोडालिटी ठूला उद्योगी–व्यापारीकै कारण सर्वसाधारण जनता थप सङ्क्रमित हुने देखिन्छ ।
यसपटकको निषेधाज्ञामा औद्योगिक क्षेत्र र सार्वजनिक निर्माण चालू गरियो, राति टिपर गाडी पनि गुड्यो । कोभिड सङ्क्रमण रोकथाम गर्न मानिसको आउजाउ रोक्न जरूरी छ ।
यसैकारण निषेधाज्ञा जारी गरिएको हो । तर, अर्थतन्त्र रोक्न नहुने नाममा मजदुरलाई आउजाउ गर्न दिइएको हुँदा निषेधाज्ञाको उपलब्धि तुलनात्मकरूपमा कम भयो । नेपालको खुला सीमा जोडिएको भारतमा जेठ १८ गते २ लाख ३१ हजार ४८८ सङ्क्रमित थपियो । यो पनि सामान्य होइन ।
काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू मानव बस्तीको बीचमा छन् । निषेधाज्ञामा बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा अति आवश्यक सेवाभित्र नपरेका ध्वनि र धुवाँ प्रदुषण फैलाउने उद्योगहरू सञ्चालन हुनु सङ्क्रमणको दृष्टिले जोखिम नै हो । भक्तपुर औद्योगिक क्षेत्रमा बाक्लो बस्तीको बीचमा रहेको नेपो र कृतिजस्ता ध्वनि र धुवाँ प्रदूषण फालेका टेक्सटायल र ड्राइङ्ग उद्योगहरू सञ्चालन भइरहेकोले पनि त्यस क्षेत्रमा सङ्क्रमणको जोखिम बढेको जनताको गुनासो छ ।
Leave a Reply