भर्खरै :

मुुटुलाई स्वस्थ राख्नेबारे

नमस्कार !
४१ औँ नेपाल भाषा साहित्य तःमुंज्याका सभापति, प्रमुख अतिथि अनि दाजुभाइ तथा दिदीबहिनीहरू !
मेरो नाम राजेन्द्र कोजु, यहाँहरूले थाहा पाइ नै सक्नुभयो । म कोजु भए पनि भक्तपुरको नभएको हुनाले मेरो भाषा केही फरक हुनसक्छ । केहीगरी फरक भए यहाँहरूले मलाई क्षमा दिनु नै हुनेछ । सकेसम्म म नेवारी भाषामै बोल्नेछु । बिचमा गा¥हो हुन गए म नेपालीमा पनि बोल्नेछु । यहाँ नेपाली भाषी पनि धेरै हुनुहुन्छ । त्यसैले मलाई माफ गर्नुहोला !
हाम्रो जिन्दगीको लागि साहित्य अत्यावश्यक लाग्छ । साहित्यविना जिन्दगी सायदै राम्रोसँग चल्छ । साहित्यबाट नै सङ्गीत पनि उब्जिन्छ । यहाँ हामीले सङ्गीत र नृत्य हे¥यौँ, कार्यक्रमको सुरुआत पनि सङ्गीतबाट नै भयो । साहित्यबाट नै हामीले विविध विषयमा अभिव्यक्ति दिएका छौँ । साहित्यमार्फत एमसीसी, लिम्पियाधुरा क्षेत्र, स्वास्थ्य आदिबारे यहाँ प्रस्तुतीहरू भए । म आफू मुटु रोगको विशेषज्ञ भएको नाताले यसको बारे केही कुरा प्रस्तुत गर्दै छु ।
हामी सबैसँग मुटु छ । हामी चित्त दुख्यो भन्छौँ । मन दुख्यो वा मन प¥यो भन्छौँ । दुःख लागे पनि, खुसी हुँदा होस् वा गा¥हो सा¥हो पर्दा होस् सबैभन्दा पहिले हाम्रो मुटुले नै त्यसको अनुभव गर्दछ । चुपचाप बस्दा मुटु धड्केको हामी ख्याल गर्दैनौँ तर जब हामीलाई गा¥हो हुन्छ तब मुटुको बेजोड धड्काइ अनुभव हुन्छ । यसरी मुटु किन धड्किन्छ त ? हामी सुत्छौँ तर हाम्रो मुटुले सुत्न पाउँदैन । यो चलि नै रहन्छ । यो नचल्ने हो भने सुतेको भोलिपल्ट हामी उठ्नै सक्दैनौँ, त्यसैले पनि यो चल्नैपर्छ । तर, हामीले नै चाल पाउने गरी छिट्छिटो चल्यो भने होसियार हुनुपर्दछ ।
दगुर्दा, भ¥याङ् उक्लिँदा, खेतमा लामो समय काम गर्दा, जस्तोसुकै शारीरिक काम गर्दा मुटु अलि बढी चल्छ नै । यो सामान्य नै हो । यसमा पीर लिन पर्दैन । तर, शारीरिक कसरत नगरी, पीर नलिँदै, कुनै नराम्रो खबरबाट पनि नभई र कुनै गा¥होे काम नगर्दै मुटु हल्लियो भने अलि विचार पु¥याउनु पर्दछ । यस्तो अवस्थामा भने चिकित्सकलाई जचाउनु पर्दछ, कतै मुटुकै रोग हो कि वा मुटुमै कुनै अप्ठ्यारो भयो कि ! यसरी जचाउँदा मुटुको सामान्य रोगमात्र पनि हुनसक्छ । सामान्य इसीजी मात्र गरेर पनि मुटुको समस्या थाहा पाउन सकिन्छ र यसको उपचार गर्न सकिन्छ । तर, कुनै बेला डरलाग्दो रोग पनि लागेको हुनसक्छ । यसलाई गम्भीररूपले लिएर उपचारमा लाग्नुपर्छ ।
के मुटु यसरी हल्लिँदा मुटुको रोग हुन्छ त ? होइन । छाती दुखेर हृदयघात भयो भने त मान्छे मर्न पनि सक्छ । यसबाट बच्न भने बेलामै विचार पु¥याउनुपर्छ । २०–२५ मिनेट लगातार मुटु दुख्यो भने हेलचेक्र्याइँ गर्नै हँुदैन । अस्पताल गई जचाइ हाल्नुपर्छ, केही समयमात्र ढिलो भयो भने पनि बिरामीको मृत्यु नै हुनसक्छ ।
हिजो आज राम्रो राम्रो उपचार पद्धति छन् । मुटुरोग भइहाल्यो भनेर निराश भइहाल्नुपर्ने अवस्था अब रहेन । जीवन बरबाद नै हुने पनि होइन । केही काम गर्न नसकिने भन्ने पनि होइन । आधुनिक उपचार पद्धति भएकोले निको पार्न सकिन्छ र पुनः सामान्य दैनिकी अपनाउन सकिन्छ । मात्र यति कि समयमा उपचारको लागि स्वास्थ्यकेन्द्र पुग्नुप¥यो ।
यति हुँदाहुँदै पनि रोग नै लाग्न नदिनु सबैभन्दा राम्रो हुन्छ । यसको लागि के गर्ने त ? सहज छ, हामीले हाम्रो शरीरलाई माया गर्ने हो । माया गर्ने भनेको के हो त ? राम्रो लुगा लगाउनु माया गर्नु हो ? मिठो मिठो खाँदैमा माया गरेको हुन्छ ? घरमा बसीबसी आराम लिनु माया गर्नु हुन्छ ? अहँ, यसरी मुटुलाई माया गर्न सकिँदैन । राम्रो लुगाले मुटु राम्रो हुन्न । मिठो खाँदा हाम्रो जिभ्रोलाई राम्रो होला । अथवा, आराम गर्दा खुट्टालाई अलि सजिलो होला तर मुटुलाई केही राम्रो गर्दैन । यसको लागि मिठो भन्दा पनि अलि कम खाने गर्नुपर्दछ ।
पानी प्रशस्त खाने तर खाना कम गर्नुपर्दछ । अझ हामीलाई मिठो लाग्ने खाना अलि कम गर्नुपर्दछ । खाँदै नखाने भन्ने पनि होइन । गुलियो कम खानुपर्छ । चिल्लो पनि धेरै खानु हुँदैन । अमिलो र पिरोले मुटुलाई खासै बिगार्दैन । तर, अत्यधिक तेल हालेर खानु हुँदैन । २०–३० वर्ष अगाडि कसैको भुँडी ठूलो भएको देख्दा राम्रो मानिन्थ्यो । तर, अहिले कसैको भुँडी ठूलो देखियो कि ल यो सकियो भनी प्रतिक्रिया दिइन्छ । किनकी, भुँडी बढाउनु नै हुँदैन । भुँडी घटाउन खाना नै कम गर्ने हो ।
पहिला पहिला आराम गर्ने भनिन्थ्यो । अहिले आराम कसरी गर्ने ? टीभी हेर्दा, मोबाइल चलाउँदा, जे गरे पनि आरामै हो । खेतमा काम गर्न अब खेतै छैन, घरैघरले ढाकिसक्यो । शारीरिक कसरत गर्न ठाउँ र समय कम हुँदै छ । कसरी गर्ने त ? हिँड्न नि कतिसम्म हिँड्ने ? हो, अहिले सहरी भेगमा कसरतका लागि जिमखानाहरू खुलेका छन् जहाँ पैसा तिरेर जानुपर्दछ । तर, त्यो आवश्यक छैन । पूरै भक्तपुर एक चक्कर हिँडे पनि पुग्छ । अथवा, चाँगुसम्म गएर फर्के पनि पुग्छ । पैसा नै चाहिँदैन । यस्तै कसरतले हाम्रो स्वास्थ्य राम्रो बनाउँछ ।
खानेकुरा सम्बन्धमा के छ भने यहाँ हामी धेरै जसो पुरानो पुस्ताकै छौँ । हामीलाई थाहा छ कि हामी पहिले के खाएर हुर्केका थियौँ । घरैमा तयार पारिएको मकै, भटमास, रोटी र सागपात नै त खान्थ्यौँ । यिनै खाना स्वस्थबद्र्धक र पोषिला थिए । मासुको हकमा हप्ता – दुई हप्ता वा महिनाको एकपल्ट खान्थ्यौँ । शरीरलाई खानाको मात्राहरू सन्तुलित थियो । तर, अहिले दैनिक जसो मासु, मम, चाउमिन खाएर हामी आफैले हाम्रो स्वास्थ्य बिगारिरहेका छौँ । यस्ता खानेकुराको सेवन कम गरी पुरानै शैलीमा खानपानलाई अङ्गाले हामी स्वस्थ बन्न सक्छौँ ।
स्वस्थ बन्न खानामा नियन्त्रण र शारीरिक कसरत गर्नुपर्छ । यो सँगसँगै हामीले हाम्रो मनलाई पनि शान्त राख्नुपर्छ । यसरी गर्दा हाम्रो मुटु पनि हामीसित खुशी हुनेछ । हैन भने यसले हामीलाई भित्रबाट सरापी राखेको हुन्छ । मुटुलाई जब गा¥होे हुन्छ हामीलाई पनि गा¥होे हुन्छ । हामीले कम्तिमा वर्षको एकपल्ट प्रेसर, रगत, आदि जाँचेर ढुक्क हुन सक्छौँ ।
मलाई अर्काे एउटा भन्न मन लागेको के भने यहाँ उपस्थित महानुभावहरूमा कतिपयले नियमित औषधी सेवन गर्नुभएको होला ¤ म पनि लिन्छु । प्रायले रक्तचाप र सुगरको औषधी लिएको हुनुपर्छ । यसरी नियमित गर्नु राम्रो हो तर बीचमा छोड्नु भने हुँदैन । छोड्नैपर्ने भए डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । साथै, औषधी लिइराख्दा आफूलाई बिरामी भनेर पनि ठान्नु हुँदैन । औषधी खाने हरेक व्यक्ति बिरामी होइन । औषधी नखाने पनि धेरै नै बिरामी छन् । बरु औषधी खानुस् र पछि हुनसक्ने गम्भीर स्वास्थ्य समस्याबाट मुक्त हुनुहोस् !
स्वास्थ्य र मुटुरोग बारे धेरै नै भन्नुपर्ने भए तापनि आज समयको कारण म भन्न सक्दिनँ । यसको लागि म क्षमा याचना गर्दछु । यो सभा साहित्यसँग सम्बन्धित भएकोले एउटा सानो कविता वाचन गर्ने कोसिस गर्दछु –
म पनि एक पुरानो रूखजस्तै बन्न सकूँ
ता कि टाढाबाट थकित भै पसिनाले भिजेर आएकालाई
शितल दिन सकूँ
काम गर्दागर्दै भोकाएकालाई
खान फल दिन सकूँ
जति पानी परे पनि
जति हुरी चले पनि
जति चट्याङ् परे पनि
म बलियो भई उभिन सकूँ
सबैलाई छहारी दिन सकूँ
म पनि एक पुरानो रुख जस्तै बन्न सकूँ
जोसुकैले मलाई छोडेर जाओस्
एक्लै म उभिन सकूँ
मेरो छहारीमा आउने जोसुकैलाई
म ओत दिन सकूँ
म छहारी दिन सकूँ
म पनि एक पुरानो रूख जस्तै बन्न सकूँ !
यो भयो एउटा सानो कविता । मेरा अन्य धेरै रुचि पनि छन् । पहिला म नाचगान पनि गर्थँे । यहाँ आज एउटा छोटो गीत पनि गाउने प्रयास गर्दछु । (दर्शक दिर्घाबाट ताली बज्छ ।) यो गीत म जानेर गाउँदै छैन बरु यो रमाइलो माहोलले मलाई गाउन हौसला दिएर हो ।
(उहाँ अत्यन्तै लोकप्रिय नेवारी लोक गीत ‘‘सिर्सायाँ हेकु ।।।’ गाउनु हुन्छ ।)
(२०७८ असोज ३१ र कार्तिक १ गते दुई दिन आयोजित ४१ औँ नेपालभाषा साहित्य तःमुंज्यामा मुटुरोग विशेषज्ञ डा. कोजूले नेपाल भाषामा व्यक्त गर्नुभएको विचारको नेपाली रुपान्तरण सम्पादनसहित सार–सङ्क्षेप–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *