भर्खरै :

अध्यक्ष बिजुक्छेँद्वारा खोह« दीप ध्वाखा र छिपा ताँ उद्घाटन

भक्तपुर, १६ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले बिहीबार भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह« दीप ध्वाखा र छिपा ताँ बिहीबार उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह« दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे बताउँदै सम्पदा संरक्षणमा भक्तपुरका जनताको साथ र सहयोगको उच्च प्रशंसा गर्नुभयो ।
छिपा ताँसँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष बिजुक्छेँले उपभोक्ता समितिमार्फत विकास निर्माणका सम्पूर्ण गतिविधि गुणस्तरीय ढङ्गले गरिरहेको बताउनुभयो । उहाँले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने र जनताको भावनाविपरीत भएको बताउनुभयो ।
शासक दलहरूको पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले गरेको अरू स्थानीय तहहरूले पनि अनुसरण गर्न खोजिरहेको छ भन्नुभयो ।
उहाँले सुधारिएको शवदाह र विद्युतीय शवदाह गृह निर्माणतर्फ पनि नगरपालिकाले पहल गर्नुपर्ने आवश्यकताबोध गराउँदै हनुमन्त्ते खोलाको सुधार र सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयम्सेवीरूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने बताउनुभयो ।
स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदाहरू ठूल्ठूला भूकम्पहरूबाट पनि जोगिएको भन्दै उहाँले वर्षाैँ वर्ष टिक्नेगरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताउनुभयो ।
उहाँले भूकम्पबाट क्षतिग्रस्त १२० वटा सम्पदामध्ये भक्तपुर नगरपालिकाले ११५ भन्दा बढी पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको अवगत गराउँदै हरेक गतिविधि देशभरका जनताले नियालिरहेकोमा अझ जिम्मेवार भएर काम गर्न हौसला मिलेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले घोषणापत्रअनुुसार आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको अवगत गराउँदै नगरका सबै वडाहरूमा घरदैलो सेवा पनि सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हनुमानघाट पौराणिक, ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण ठाउँ भएको बताउँदै यस ठाउँको सुन्दरता र जीवन्तता कायम गर्न नियमित सरसफाइ गर्दै आइरहेको बताउनुभयो ।
खोह« दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँदले ध्वाखाको दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोह« दीप ध्वाखा निर्माणको लागि रु. ४९ लाख ९५ हजार ९ सय ७४ रूपैयाँभन्दा बढी आर्थिक सहयोग सङ्कलन भएकोमा कुल खर्च रु.४८ लाख ६९ हजार ८ सय ६५ रूपैयाँ रहेको र कार्य मूल्याङ्कन रु. ५७ लाख ९ हजार ४४० रहेको जानकारी गराउनुभयो ।
साथै छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले आयव्यय प्रस्तुत गर्दै पुलको लगत इस्टिमेट १ करोड ९८ लाख ४१ हजार २६६।८१ रहेकोमा कुल खर्च १ करोड ७७ लाख ८ हजार ७३० रहेको र कार्य मूल्याङ्कन २ करोड, ९ लाख ९८ हजार ५१५।६० रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् खोह« दीप ध्वाखा निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु र सचिव कृष्णगोविन्द लाखाले ध्वाखा निर्माणमा १८० वटाभन्दा बढी गुठियारहरूबाट आर्थिक सहयोग प्राप्त भएको र ध्वाखा निर्माणका क्रममा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा छिपा ताँ निर्माण उपभोक्ता समितिका अध्यक्ष रामेश्वर प्रजापतिले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नारायणमान बिजुक्छेँ, विशेष अतिथि सुनिल प्रजापति र अतिथिहरूले ध्वाखा निर्माणमा सहयोग गर्नेहरूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *