भर्खरै :

कोदो खाउभन्दा नाक खुम्च्याउनेको नाममा

दिक्क लाग्छ । हिन्दी भाषामा कोदोलाई रागी भनिन्छ ।
फापर खाउभन्दा नाक खुम्च्याउनेले ‘दगअपधजभबत’ खान प¥यो भनेको सुन्दा दिक्क लाग्छ । अङ्ग्रेजीको भाषामा भने राम्रो हुने, नेपालीमा नराम्रो हुने ?
फापर नेपालका विभिन्न ठाउँमा उमार्ने गरिन्छ र यसको खेती गर्न धेरै मेहनत पनि पर्दैन । तर, फापर उब्जिने ठाउँमा पनि यसको कम प्रयोग हुन थालेको छ ।
फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’ को कामलाई बढाउन मद्दत गर्छ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फापरमा रहेको तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ ।
जौमा जस्तै फापरमा पनि पर्याप्त मात्रा म्याग्नेसियम हुन्छ, जसले शरीरका रक्तनलीलाई प्रभाव पारेर उच्च रक्तचाप कम गराउँछ । काठमाडौँका केही धनी मानिसलाई चिनीको रोग लागेपछि चिकित्सकहरू उनीहरूलाई फापरको रोटी खाने सल्लाह दिने गर्छन् ।
त्यही कारणले आजकल काठमाडौँमा फापर महँगो छ । गाउँघरतिर फापर सहजै उपलब्ध हुने भएकोले मानिसहरू महँगो चामल किनेर सस्तो फापर गाईवस्तुलाई खुवाउने गर्छन् ।
गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्चस्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरू पाइने फापरलाई हेपेर हामीले पोषणसम्बन्धी समस्याहरू आफै निम्त्याइरहेका छौँ ।
रैथाने ज्ञानको उपयोगिता र ‘अर्थशास्त्र’ हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात गर्न पुगेकी छु । मेरो बिहानको सुरुआत आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक सक्खर, कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु । यिनमा अनेक पोषक तत्व क्याल्सियम र ओमेगा ३ पाइन्छ । तीन वर्षजति भयो, यो सुरु गरेको । ६१ वर्षकी हुँदा पनि म ४० वर्षको जस्तो स्वस्थ महसुस गर्छु । कोरोनाको बेला रोगसँग लड्ने शक्ति बढाउन यो राम्रो हतियार बनेको छ ।
कस्तुरी मृगझैँ आफूसँग रहेको मालको चाल नपाएर बाहिर–बाहिर भौँतारिने बानीले गर्दा हामीले हाम्रो रैथाने ज्ञान बिर्सिंदै छौँ, नचाहिने ठाउँमा बढी पैसा तिर्छौं । भिटामिन ‘डी’को कमीले गर्दा धेरै महिलाको स्वास्थ्यमा समस्या परेको स्वयं चिकित्सकहरू नै स्वीकार्छन् । कतिले त जाँच गराएर भिटामिन ‘डी’ चक्की खान दिइहाल्छन्, तर ८० प्रतिशत भिटामिन ‘डी’ घामबाट प्राप्त हुन्छ भनेर कतै छलफल गरिन्न ।
एक कार्यक्रममा भारत जाँदा डा. मीरा शिवा नामकी एक डाक्टरले मलाई तिल र आलसको महत्व बुझाएकी थिइन् । त्यो सिकेर मैले युवती र महिलालाई हड्डी मजबुत पार्न तिल, आलस र मुंग्रेलो खाने सल्लाह दिने गरेकी छु । कति महिला त क्याल्सियम चक्की खाए हाड बलियो हुन्छ भन्ने ठानेर आफै किनेर खान्छन् । तर, घरमै पाइने स्वस्थकर वस्तु प्रयोग गर्न जान्दैनन् । औषधिमै पैसा बढी खर्च गर्छन् ।
हजुरआमाले बिरामी बालकलाई छिटो तङ्ग्रियोस् भनेर मुंगको जाउलो बनाएर दिनुहुन्थ्यो । मुंग सजिलै पच्छ र छिटो तङ्ग्रिन मद्दत गर्छ भनेर आधुनिक विज्ञानले सिद्ध गरेको छ । खोकी लाग्दा मह र अदुवाको रस बालबालिकालाई फाइदा गर्छ भन्ने ज्ञान हजुरआमा प्रयोग गर्नुहुन्थ्यो । अहिले विश्व स्वास्थ्य सङ्गठनले पनि खोकी लाग्दा बच्चालाई अदुवाको रस र मह दिन सकिन्छ भनेर स्वीकारेको छ ।
यस्ता हजारौँ उदाहरण छन्, जहाँ परम्परागत ज्ञानले मानव स्वास्थ्यमा गर्ने फाइदालाई विज्ञानले सिद्ध गरेको छ । यस ज्ञानमा कुनै एक व्यक्तिको अधिकार छैन । हजारौँ वर्षदेखि चलिआएको यो ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको हो ।
लेखकको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *