“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
निर्वाचन आयोगको निर्धारित समयअनुसार शुक्रबार देशभरिका स्थानीय तहहरूमा निर्वाचन भयो । अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण भयो । केही स्थानमा राजनीतिक दलका कार्यकर्ताहरूको झगडा या विवाद त कहीँ निर्वाचन अधिकृतको कारण निर्वाचन स्थगित भयो । कहीँ मतपेटिका तोडफोड भयो भने कहीँ दलका कार्यकर्ताबीच ढुङ्गा हानाहान त कहीँ एकले अर्काेलाई लखेट्ने काम भयो । कहीँ आचारसंहिता उल्लङ्घनको कारण विवाद चर्केर झडपहरू भए । कहीँ गैरकानुनी र अवाञ्छित तत्वले आतङ्कित पार्ने काम भयो । झैझगडाले निर्वाचनका स्रोत, साधन या सामग्रीहरू फाल्ने, भाँच्ने काम भयो । यी सबै दुःखद घटना हुन् ।
निर्वाचन आयोगले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र बनाउन सबैमा आग्रह गरेको थियो । राजनीतिक दलहरूले पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचन स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष बनाउन सम्बन्धित सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । सबैले आ–आफ्नो क्षेत्रमा इमानदारीपूर्वक काम नहुँदा काभ्रेको चोरी देउरालीमा मत पेटिका तोडफोड भयो । पाँचखाल नगरपालिका वडा नं १३ मा निर्वाचन अवरुद्ध भयो । लमजुङ बेँसी वडा नं ११ मा नेका र एमालेबीच झडप भयो । दोलखामा बुथ कब्जा गर्ने प्रयास हुँदा ढुङ्गा हानाहान भयो । बाराको देवतालमा झडप हुँदा एक जनाको टाउको फुट्यो । बाजुराको बुढीगङ्गा नगरपालिकाका वडा नं ५ मा झडपको कारण मतदान स्थगित भयो । पर्साको मिर्जापुरमा हवाईफायर भयो । धनकुटाको सहिद भूमिमा मत पेटिकामा आगजनी भयो ।
जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले मत सङ्केत देखाएर फोटो खिचाएको कारण उनी विवादमा परे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मतपत्र पट्याउन अलमल हुँदा अर्काे एक सहयोगीको भरमा मत पट्याउने काम भयो । सप्तरी, बझाङ र रौतहटको गढीमाईमा झडप हुँदा कतिको टाउको फुट्यो । निर्वाचनको सन्दर्भमा भएका यी घटनाहरू राजनीतिक दलकै कार्यकर्ताको कारण भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गैरकानुनी र अवाञ्छित तत्वबाट भएको गतिविधि मान्य नहुने बताए ।
यी विभिन्न घटनाले पुँजीवादी व्यवस्थामा निर्वाचन स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष हुँदैन भन्ने देखाएको छ । केही स्थानमा झडप, तोडफोड र झैझगडा भए पनि अधिकांश ठाउँमा निर्वाचन शान्तिपूर्ण रह्यो । मतदाता शिक्षाको कमीले पहिलेको निर्वाचनभन्दा यो निर्वाचनमा बढी मत बदर हुने अनुमान गरिएको छ । त्यस्तै यो निर्वाचनमा गत वर्षको तुलनामा कम प्रतिशतमात्र मतदान भएको आकलन गरिएको छ । तर, दलको गठबन्धनको कारण आफ्नै दलका नेता तथा कार्यकर्ताबीच असन्तोष बढेको छ । यसले सत्तारुढ र ठूला दलका नेताहरू सिद्धान्त र विचारभन्दा जसरी भए पनि जित्ने दाउमा रहेको थाहा हुन्छ । यो आफ्नै दलको सिद्धान्त र विचारको उल्लङ्घन हो । निर्धारित समयमा निर्वाचन हुनु सकारात्मक पक्ष हो ।
Leave a Reply