दैलेखको बिन्द्रासैनीमा कार्यकर्ता प्रशिक्षण
- आश्विन २१, २०८३
काठमाडौँ, ४ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले बुधबार विरोध सभा तथा जुलुसको आयोजना ग¥यो ।
पुतली सडकबाट सुरु भएको विरोध जुलुस बागबजार, रत्नपार्क हुँदै भोटाहिटी चोकमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सबै उपभोग्य वस्तुमा मूल्य बढ्न जाने भएकोले जनतालाई थप व्यत्रर पर्ने हुँदा सरकारले मूल्यवृद्धि फिर्ता गर्नुपर्छ भन्नुभयो ।
उहाँले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि देउवा सरकारको असफलता भएको बताउनुभयो ।
नेकाको देउवा नेतृत्वको सरकारले स्थानीय तहमा गठबन्धन गर्ने गरी विदेशीको सल्लाहमा एमसीसी पारित गरेको उहाँले स्पष्ट पार्नुभयो ।
एमसीसी सम्झौता देशघाती भएकोले पार्टीले निरन्तर विरोध गरिरहने चर्चा गर्दै उहाँले भन्नुभयो, “एमसीसी सम्झौता पारित भए पनि नेपाली जनताको विरोधले यसलाई कार्यान्वयन हुन दिइने छैन ।”
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले कामदार जनताको हितमा देउवा सरकारले काम गर्नेछैन भन्नुभयो
कार्यक्रममा राजवीर डंगोल र विश्वक डंगोलले पनि बोल्नुभएको थियो ।
Leave a Reply