भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
हिजो आइतबारदेखि आ–आफ्नो टोलमा रहेका, सिकाइएका परम्परागत नाचगान तथा आधुनिक विधाहरू अरू टोल या चोकमा लगेर देखाइने परम्परा छ । ती विधाहरू शनिबार आफूले मान्दै आएको नृत्यनाथ स्थल र आफ्नो टोलमा देखाइएको थियो । टोल–टोलमा देखाइने परम्परागत नाचगानहरूमा भैल नाच, देवी नाच, भालु नाच, ख्या नाच, कवांचा नाच, जङ्गली नाच, म्हेखा नाच, लाखे नाच, दैत्य नाच, माक नाच, खिचा नाच, नागाचा नाच आदि रहेका छन् । त्यस्तै आधुनिक विधाअन्तर्गत फाकंदली, कलाँलीचा नाच, ख्याल, नाटक, झ्याउरे, गीति नाटक, गाइने नाच आदि रहेका छन् । यी सबै विधाहरू निश्चित मार्ग भएर टोलको विभिन्न चोक, दबु या उपयुक्त स्थानमा देखाइन्छ ।
कतिपय परम्परागत नाचगानमा समय सन्दर्भ मिलाएर देश विदेशको विषयवस्तुमा रहेर गीत लेखिएको हुन्छ । त्यसरी नै आधुनिक विधामा पनि देश विदेशको समसामयिक विषयमा गीत रचेर नाचगान या अन्य विधाहरू देखाइएको हुन्छ । उक्त नाचगानको छुट्टाछुट्टै मूल्याङ्कन टोलीले मूल्याङ्कन गरेको हुन्छ । यस वर्ष नाचगान या अन्य विधाको मूल्याङ्कन दत्तात्रय, नासमना र भोलाछेँमा भएका छन् । नाचगानको मूल्याङ्कनको आधार, सर्त र अङ्क भनपाले पटक–पटक सार्वजनिक गरिसकेको छ । नपाले सार्वजनिक गरेको नियमको परिधिभित्र रहेर हरेक टोलीले आफ्नो विधा देखाउँदै नगर परिक्रमा गरेको हुनुपर्छ । यसअघि गाईजात्राको दिन मूल्याङ्कन समितिले गाईजात्रामा प्रस्तुत भएको घिन्ताङघिसी र माक प्याखँको मूल्याङ्कन गरिसकेको छ ।
यहाँका परम्परागत नाचगानलाई जीवन्तता दिन या संरक्षण गर्न भनपाले पुरस्कारको व्यवस्था गर्दै आएको हो । गएको दुई वर्ष कोरोनाको कारण यस्ता सांस्कृतिक र आधुनिक विधा देखाइएको थिएन । भनपाले फेरि पुरस्कारको व्यवस्था गरेर नाचगान टोली र अन्य विधा टोलीलाई प्रोत्साहित गरेको छ । नपाले सार्वजनिक गरेको सूचनाअनुसार नाचगान टोली र आधुनिक विधाको टोलीले सम्बन्धित निकायमा दर्ता गरिसकेको छ । ती विधाहरूको मूल्याङ्कन हुनेछ र एक दिन विशेष समारोहको आयोजना गरी पुरस्कार वितरणको व्यवस्था गरिनेछ ।
Leave a Reply