भर्खरै :

इँटा माटोको घरलाई पनि भूकम्प प्रतिरोधात्मक बनाउन सकिने

  • पुष २६, २०७९
  • तुल्सीलाल बासुकला, मेथड कन्सल्टेन्सी
  • पाठक विचार
इँटा माटोको घरलाई पनि भूकम्प प्रतिरोधात्मक बनाउन सकिने

नेपाल एक प्राचीन देश हो । यहाँको सभ्यता विकासको इतिहास पनि लामो छ । लुम्बिनी, तिलौराकोटको पुरातात्विक उत्खननबाट नेपालमा ईसा पूर्वदेखि नै मानवीय सभ्यता उच्चतम बिन्दुमा पुगिसकेको थाहा हुन्छ ।
भक्तपुरको लिखित प्रमाणित इतिहास चौथो शताब्दी (चाँगुनारायण मन्दिर) देखि भए तापनि बा¥हौँ शताब्दीदेखि अटुटरूपमै पाउँछौँ । यहाँका भवन, मन्दिर, पाटी, सत्तल, मठ र दरबारहरू सयौँ वर्ष पुराना छन् । हाम्रो प्रविधि सबैले राम्रो भन्छन् । लिखत प्रमाणको कमीले गर्दा यसलाई निमिट्यान्न पार्न खोजिँदै छ । भवन यसको जिउँदो इतिहास हो । यसकै आधारमा हाम्रो प्रविधि बचाउन हामीले नै सुरुवात गरेनौँ भने भोलिको पुस्ताले हाम्रो प्रविधि देख्न नपाउने अवस्था छ । सम्पदाहरूमात्र नभई व्यक्तिगत घरहरू पनि सम्पदा नै हुन् । युनेस्कोले एउटा दुइटा मठ र मन्दिरमात्र हेरेर काठमाडाँै उपत्यकालाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको होइन । यहाँका चारैतिरको वातावरणलाई समेटेर विश्व सम्पदा क्षेत्र घोषणा गरिएको हो । यस्तो क्षेत्रमा सकेसम्म पुरानोलाई बचाउने, मर्मत गर्ने, मर्मत गर्दा पुरानो र नयाँ छुट्टिने गरी गर्ने र पुनर्निर्माण गर्नै परेमा पनि पुरानै प्रविधिमा गर्नुपर्छ । विशेषगरी काठमाडौँ उपत्यकाका संरचना अझै महत्वपूर्ण र बचाउनुपर्ने सम्पदा हुन् । बाँकी संरचनाहरूमात्र नभई भवन बनाउने प्रविधि पनि हाम्रो सम्पदा हो । किनकि, यी अहिलेको विज्ञानले पनि नभ्याउने उच्च कोटीको छ । यो भूकम्पप्रतिरोधी छ । नेपाल भूकम्पीय जोखिम भएको देश हो । जहाँ प्रत्येक ८०÷९० वर्षमा ठूलो भूकम्प जान्छ । यो कुरालाई बुझेर हाम्रो पुर्खाले जुन ज्ञानलाई परिमार्जित गर्दै संरचनाहरू बनाए, त्यो प्रयोगात्मक छ । भनिन्छ, भूकम्पले काठको संरचनालाई कतिको असर पार्छ भनेर बुझ्न भैरवनाथको रथलाई दुबैतिरबाट तानेर प्रयोगात्मकरूपमा बुझ्न खोजिएको थियो । जसरी आजकल घरको मोडल बनाएर सेक टेबलमा हल्लाएर हेरिन्छ ।
२०७२ सालको भूकम्पमा हामीले देख्यौँ, ढलान र माटोको दुबै किसिमका घर भत्के । निष्कर्षमा खालि माटोको घरलाई किन बनाउन दिइएन ? ढलान घरको एउटा फाइदा छ भने माटोको घरका अनेक फाइदाहरू छन् । माटोको घरलाई भूकम्प प्रतिरोधात्मक हिसाबले बनाउने हो भने यसको केही पनि बेफाइदा छैन भने पनि हुन्छ । आज भवनसंहिताको एउटा बुँदाले छिँडी, माटन, चोटा र कौसीसमेतको बुइँगल गरी चार तला भवन बनाउनलाई रोकेको छ । के ती संहिता बनाउने विद्वानहरूले वातावरण प्रदूषणबारे केही सोच्नुभएको छ ? डन्डी र सिमेन्ट उत्पादन र ढुवानीले वातावरणमा कति कार्बन उत्पादन गर्छ ? सिमेन्टको घरमा बस्दा कतिको स्वास्थ्यमा असर पर्छ ? सिमेन्टको घरमा जाडोमा हिटर र गर्मीमा पङ्खा चलाउँदा कति इन्धन खर्च हुन्छ ? अनि सिमेन्ट र डन्डीका लागि कति रकम विदेश जान्छ ? के हाम्रो सम्पदा मासिएपछि कोही पर्यटक यहाँ घुम्न आउँछन् ?
हो, बहुतले भवन बनाउनका लागि सिमेन्ट र स्टील नभई हुन्न । तर, तीन चार तलाका घरको लागि किन सिमेन्ट नभई नहुने बताइएको छ ? सरकारमा बस्ने ठूला बडाका एक गलत नीतिले गर्दा हुम्ला, जुम्ला, मनाङ र मुस्ताङजस्ता विकट ठाउँमा समेत दसौँ गुणा बढी पैसा तिरेर सिमेन्टका संरचना बनाउन बाध्य भएका छन् । आज हामी घान्द्रुक, बन्दीपुर, घले गाउँ किन जान्छौँ ? त्यहीँको स्थानीयता र वरपरका वातावरण हेर्न होइन र ? भोलि त्यहाँ पनि यहाँ जस्तै सिमेन्टका जङ्गल बन्यो भने त्यसको दोषी को को हुने ?
हामीसँग इन्जिनियरिङ कलेजहरू छन् । त्यहाँ अनुसन्धान भइरहेको सुन्नमा आउँछ । के ती अनुसन्धानको परिणामअनुसार हाम्रो सम्पदा बचाउने काम गर्न सकिन्न ? के ती एउटा पुस्तकमै थन्किन्छन् ? त्यसै पनि नयाँ पुस्तालाई पुर्वेली सभ्यताप्रति रुचि कम छ । त्यसमाथि हामीले एउटा पनि उदाहरणको रूपमा तयार गर्न सकेनौँ भने हिजो जसरी हाम्रो हजारौँ वर्षको इतिहासबारे हामी अनभिज्ञ बन्यौँ । त्यहीँ स्थिति नआउला भन्न सकिन्न ।
जसरी जर्मनहरूले पचपन्नझ्याले दरबार पश्चिमेली शैलीमा निर्माण गर्न चाहँदा नगरपालिकाले रोकेको थियो त्यसरी नै आफ्नो प्रविधि जोगाउन आफूले सकेको काम गर्दै जानुप¥यो । उदाहरण हाम्रैसामु छ, पचपन्नझ्याले दरबार जीर्णोद्धारको वर्षौँ पछिको २०७२ को भूकम्पले यो सुरक्षित नै छ । माटोको जोडाइको काममा पचपन्नझ्याले दरबार बनाउँदा अनुसारको एउटा नियम (त्जगmद चगभि जस्तो) प्रकाशित गरेर सूचना जारी गरे राहत हुने थियो । नेवारी परम्पराअनुसार छिँडी, माटन, चोटा, बुइँगल हुने सबैलाई सर्वविदित्तै छ । अब भवनसंहिताले माटोको घर एक तला बनाउन भन्छ । हाम्रो सभ्यता कति वर्ष पुरानो (प्रयोग गरेर पुष्टि भएको) हो, अनि भवनसंहिता कति पुरानो (प्रमाणित नभएको, काल्पनिक थ्योरी) ? यतिमात्र नभई यो स्थानीय सीप प्रवद्र्धन गर्ने, रोजगारी स्थानीयले पाउने, साथै स्वास्थ्यलाई राम्रो र भत्काउनु परे पनि पुनः प्रयोग गर्न मिल्ने हुन्छ । सुन्नमा आएअनुसार केही इन्जिनियर साथीहरूले ङातापोल मन्दिरको विषयमा पी. एच. डी. गर्नुभएको छ रे । अनि उहाँहरूले पनि त एउटा बाटो देखाइदिनुप¥यो । नभए, सय वर्षपछिको भक्तपुरमा पनि उही कङ्क्रिटको जङ्गल फेला नपरोस् । यो छलफलको विषय बनेको छ । यतातर्फ सम्बन्धित निकायहरूले ध्यान पु¥याउने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *