लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
कुनै बेला नेपालको कालापानी चितवन
पुस महिना लागेसँगै विद्यालय र कलेजका विद्यार्थी, शिक्षक, कार्यालयका कर्मचारी तथा पारिवारिक समूहहरूको घुमघाम सुरु हुन्छ । विशेष गरेर नेपालको तराई क्षेत्रमा चितवन, लुम्बिनी तथा कास्कीको पोखरा, धम्फुस, घान्द्रुक, पूर्वको धरान, धनकुटा, इलाम आदि ठाउँहरू आन्तरिक पर्यटकहरूले भरिभराउ हुन्छन् । पुस महिनाको अन्तिम दिन र माघे सङ्क्रान्तिको पूर्व दिन नारायणघाटको देवघाट पनि आन्तरिक पर्यटकहरू तथा भक्तजनले भरिने क्रम सुरु हुन्छ । नारायणी र राप्ती नदीको किनारमा अवस्थित चितवन राष्ट्रिय निकुञ्जको प्रमुख क्षेत्र सौराह अर्धउष्ण जङ्गलक्षेत्र हात्ती, लोपोन्मुख गँैडा, गोही, हरिण, अर्नाजस्ता जङ्गली जनावरहरूको लागि प्रख्यात छ । करिब ६÷७ दशक पहिलेमात्र नेपालको ‘औल रोगको खानी’ र नेपालको ‘कालापानीको’ रूपमा चिनिने यस चितवन उपत्यका आज व्यापार, व्यवसाय, पर्यटन, उद्योग तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुनै बेला किसान आन्दोलनको गढ मानिने चितवनले आज राजनैतिकरूपले पनि सबैको ध्यान आकर्षित गर्ने गरेको पाइन्छ । यहाँका धर्तीपुत्र अथवा रैथाने मानिने थारु र चेपाङहरूबाहेक आज धादिङ, लमजुङ, तनहँु र कास्कीका पहाडबाट बसाइँसराइ गरी आएका बाहुन, क्षेत्री, नेवार, गुरुङहरूको पनि उल्लेख्य बसोबास यहाँ पाइन्छ ।
थारु समुदायको फेरिएको दैनिकी
नारायणी र राप्ती नदीको किनारमा अवस्थित कुनै बेला घना जङ्गलमध्येका धेरै भूभाग विगतका ३÷४ दशकमा कृषिभूमिमा परिणत भइसकेका छन् । त्यस क्षेत्रका आदिवासी थारुहरू आजभोलि खेती, पशुपालनलगायत सानातिना होटल–रेस्टुरेन्ट तथा पर्यटन व्यवसायमा पनि संलग्न रहेको पाइन्छन् । होटल व्यवसायमा लागेका मध्ये अधिकांश मध्यपूर्वी देशहरूमा काम गरी फर्केका युवा थारुहरू नै भेटिन्छन् । अलि टाठा–बाठा थारुहरू घरजग्गा दलाली र चर्चको क्रियाकलापको धन्दामा लागेको भेटिन्छन् । नारायणघाटको पुलचोकदेखि चार किमि दक्षिण अवस्थित शिवघाटदेखि मेघौलीसम्मका थारु समुदायहरूमा यस्तै प्रवृति देखिन्छन् । गत मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा अपत्यारिलो तरिकाले युवा स्वतन्त्र उम्मेदवारहरूको जीत, स्वतन्त्र पार्टीको उदय, राप्रपाको पुनरोदयजस्ता घटनालाई लिएर सामान्य मानिसदेखि अनुसन्धानकर्ताहरूसमेत यसको रहस्य बुझ्ने जमर्को गर्दै गर्दा यस पङ्क्तिकारलाई पनि केही युवा थारुहरूसँग भलाकुसारी गर्ने जाँगर चल्यो ।
चुनावताकाको उनको अनुभव सुनाउँदै सुनिलले मलाई प्र्रश्न तेस्र्याए, “प्रचण्डलाई पनि यो चुनाव क्षेत्र छाडी जानुपर्ने बनाउने रवि लामिछानेले यहाँ कति रकम खर्च गरे होलान् ? तपार्इँ आफै अन्दाज गर्नुस् अब ।” उनले सुस्केरा हाल्दै भने, “सर, चितवनमा नारायणी र राप्तिमात्र बगेनन्, पैसाको सानो खोल्सो नै बग्यो चुनावमा ।”
माघे सङ्क्रान्तिलाई मुक्ति दिवसको रूपमा मनाउने थारुहरूको बस्तीमा त्यस्तो केही चहलपहल र विशेष चाडपर्वको झल्को नदेखिँदा कुराकानीको थालनी यहीबाट गर्ने निधो गरियो । एकजना ६÷७ वर्षको केटो आँगनमा बसी थालमा निस्टै दाल र भात खाइरहेको थियो । ‘खै त तपाईँहरू माघे सङ्क्रान्ति मनाउनु हुन्न कि क्या हो ?’ मेरो जिज्ञासा भुइँमा खस्न नपाउँदै अधवैँसे सन्तलाल कुमालले जवाफ फर्काए, ‘हैन केही वर्ष भयो यस्तो हामी खास केही गर्दैनौँ’ । सन्तलालको कुरा गराइले मलाई अलिअलि शङ्का लागिसकेको थियो । उनले प्रभु र परमेश्वरको पनि कुरा गर्न थाले र मैले सिधै सोधँे, “ए ! तपार्इँहरू पनि क्रिश्चियन हो ?” सन्तलालले सिधै स्वीकारेनन् । तर, घुमाउरो पाराले हो भने सङ्केत मिल्यो । अनि मैले थप सोधँे, “यसपालिको चुनावमा यहाँका चर्चहरूमा सबैलाई घण्टीमा भोट हाल्न उर्दी जारी गरेको हो ?” मैले यस्तो प्रश्न सोध्ला भने सायद सन्तलालले अन्दाज गरेका थिएनन् । उनले कुरा घुमाउन र चपाउन थाले । मैले कुरा बुझँे र सामाजिक कार्यकर्ताको रूपमा चिनिएका सन्तलाललाई थप अप्ठयारो पार्न चाहिन ।
पैसोको पनि खोल्सो बग्यो
सुनिल कुमाल अन्दाजी ४० वर्षका युवा थारु हुन् । उनी पनि करिब १५ वर्ष साउदीमा काम गरेर चितवन घर फर्की नारायणी किनारमा सानो होटल व्यवसायी गर्छन् । चुनावकै सेरोफेरोका कुरा मैले उनीसँग पनि कोट्याउन थालेँ र केही बेलिविस्तार उनले लगाए । गत चुनावमा उनलाई एक सूत्रले भरतपुरको चौबिसकोठी चोकमै अवस्थित ठूलो होटल ग्लोबलमा हुने एक सभामा बोलाएका थिए । उनका अनुसार कार्यक्रम नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश श्रेष्ठको थियो र कार्यक्रमलाई डा. मिनेन्द्र रिजालले सम्बोधन गर्दै थिए । सभा सुन्न आएका आगन्तुकहरूलाई खाजा–नास्ताको व्यवस्था भित्रै गरिएको थियो । भाषण गर्ने र खाजा खाने बाहिरी कुरोमात्र थियो । भोटको लागि अर्को लेनदेन थियो । पैसाबाहेक कसैलाई जागिर, कसैलाई ठेक्कापट्टा र कसैलाई के के ¤ चितवनको क्षेत्र नं २ मा नेकाका उम्मेदवार आरजु देउवाका दाहिने हात र कुबेर थिए – उमेश श्रेष्ठ । चितवनमा उनको देखिने लगानी थियो ‘स्मल हिभेन स्कूल’ । तर, नदेखिने लगानी अपार थियो । सुनिल कुमालले दुईचार दिनको बसाइँमा उमेश श्रेष्ठले चुनावको लागि क्षेत्र नं २ मा करिब १५ करोडसम्म रकम छुट्याएको भेउ पाए । यही क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवार थिए – रवि लामिछाने । चुनावताकाको उनको अनुभव सुनाउँदै सुनिलले मलाई प्र्रश्न तेस्र्याए, “प्रचण्डलाई पनि यो चुनाव क्षेत्र छाडी जानुपर्ने बनाउने रवि लामिछानेले यहाँ कति रकम खर्च गरे होलान् ? तपार्इँ आफै अन्दाज गर्नुस् अब ।” उनले सुस्केरा हाल्दै भने, “सर, चितवनमा नारायणी र राप्तिमात्र बगेनन्, पैसाको सानो खोल्सो नै बग्यो चुनावमा ।” मैले सुनिलसँग रवि लामिछानेका बारेमा थप जिज्ञासा राख्दा उनको विचार थियो, रवि लामिछानेले चितवनको लागि के गर्ला नगर्ला त्यो भविष्यले बताउला तर उनी चुनाव जित्नुमा एउटामात्र फ्याक्टर छैनन् । विदेशमा बसेका धेरै युवा जमातले उनको र पार्टीको लागि ठूलो क्याम्पिन गरे । यस्तो व्यापक प्रचारप्रसार गर्न स्वदेश र विदेशका युवा जमात किन तम्सिए ? यो त थप अनुसन्धानकै विषय हुनुपर्छ ।
स्वतन्त्रहरू र नयाँ अनुहारको थप चिरफार
रवि लामिछानेदेखि सिके रावत तथा राजेन्द्र लिङदेनदेखि रेशम चौधरीहरू पुराना पार्टी र नेताहरूको बदमासी र बेइमानीको भण्डारफोर गरेर नयाँ विकल्पको रूपमा आफूलाई प्रस्तुत गरी चुनावी मैदानमा आएका थिए । यिनीहरूको चमत्कारी उदयमा द्रव्य फ्याक्टर प्रमुख त थियो नै । यसबाहेक पुरानाका अकर्मण्यता र गती छाडाले पनि यिनीहरूलाई जम्ने ठाउँ दिएकै थियो । तर, सबभन्दा ठूलो फ्याक्टर भनेको अदृश्य बाह्य वा आन्तरिक शक्ति हो भन्नेमा आशङ्का नगरे हुन्छ अब । किनभने, पुरानाका विकल्पको रूपमा यसपालिको निर्वाचनमा अरु केही युवाहरू पनि जुर्मुराएका थिए । नामै लिनुपर्दा चल्ती सिनेमा निर्देशक मनोज पण्डित (स्वतन्त्र) काभ्रेमा र नाम चलेकै लेखक युग पाठक (स्वतन्त्र) झापामा, नीरज लवजू (नेमकिपा) पाटनमा र अरू थुप्रै अन्य जिल्लाहरूमा । तर, उनीहरू गुमनाम ! न कुनै मिडियाको नजरमा परे, न उनीहरूको लागि विदेशमा बस्ने कुनै युवाले फोन गरेर भोट मागे । जबकि उनीहरू वाक् पटुतामा पनि अरुभन्दा कम थिएनन् । तर, मनोज पण्डितले दुईसत्न्दा कम भोट पाए त युग पाठकले चारसय मुनि । यता, सिके राउत र रेशम चौधरीका हकमा उनीहरूले स्थानीय स्तरमा केही मुद्दाहरूमा काम गरे होलान् । तर, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोहरूको विकल्पमा नयाँ युवाहरूलाई ल्याउनु नै थियो । आज रेशम चौधरीलाई कसले बोक्दै छ भन्ने कुरा कसैबाट लुकेको छैन । हिजो सिके राउतले ‘मधेस, पहाडका गुलाम नहि बनेगा’ भन्ने नारा लिएर आएका थिए । त्यसैले उनले भविष्यमा के गर्ला आकलन गर्न गाह्रो छैन ।
नामै लिनुपर्दा चल्ती सिनेमा निर्देशक मनोज पण्डित (स्वतन्त्र) काभ्रेमा र नाम चलेकै लेखक युग पाठक (स्वतन्त्र) झापामा, नीरज लवजू (नेमकिपा) पाटनमा र अरु थुप्रै अन्य जिल्लाहरूमा । तर, उनीहरू गुमनाम ¤ न कुनै मिडियाको नजरमा परे, न उनीहरूको लागि विदेशमा बस्ने कुनै युवाले फोन गरेर भोट मागे । जबकि उनीहरू वाक् पटुतामा पनि अरुभन्दा कम थिएनन् । तर, मनोज पण्डितले दुईसत्न्दा कम भोट पाए त युग पाठकले चारसय मुनि ।
त्यसैले प्रचण्डको मङ्गलबार विस्तारित मन्त्रिमण्डलमा यी नयाँ र युवाहरूको प्रवेशले यिनीहरूको चमत्कारी उदयको रहस्यका केही पाटाहरू उजागर भएका छन् । भ्रष्टाचारको घनघोर विरोध गरेर चुनावी मैदानमा आएका लिङदेनले सबैलाई चकित पारेर २ अरब ४० करोडको भ्रष्टाचारको मुद्दा खेपिरहेको ठेकेदार विक्रम पाण्डेलाई नै सहरी विकास मन्त्री बनाएका छन् । विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट विजय भएका थिए । यता स्वतन्त्र पार्टीका रवि लामिछानेले म्यान पावर कम्पनीका मालिक डोरप्रसाद अर्याललाई नै श्रम मन्त्री बनाएका छन् । स्वतन्त्र पार्टीबाटै शिक्षामन्त्री बनाइएका शिशिर खनाल भने ‘टिच नेपाल’ नामक स्वयंसेवी शिक्षकहरू गाउँघरका विद्यालयहरूमा परिचालन गर्ने संस्थाका सञ्चालक हुन् । टिच नेपाल विदेशी विशेषगरी अमेरिकी सहयोगमा विगत १५÷१६ वर्षदेखि सञ्चालनमा आइरहेको संस्था हो ।
हिजो प्रचण्डले चितवनको मैदान रविलाई खाली गरिदिनु र आज उही प्रचण्डको गृहमन्त्री रवि हुनु , सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्ने नेपाली काङ्ग्रेस संसदीय परिपाटीविरुद्ध स्वयंले व्हिप जारी गरी प्रचण्डलाई समर्थन गर्नुलाई काकतालिका घटनाहरूको रूपमा मात्र हेर्न नमिल्ला ?! पहाडमा नयाँ बाबुरामहरूको रूपमा कसलाई उभ्याउने हो ? जेलेन्सकीरूपी घोडा को बन्ने हुन् ? पुस र माघको हुस्सुले आज पर क्षितिजमा धूमिल देखिएको यो दृश्य घामको न्यानोले छिट्टै स्पष्ट हुने नै छ ।
३ माघ २०७९
Leave a Reply