भर्खरै :

मोबाइल र खाना

मोबाइल र खाना

लघु कथा
रश्मिला, सबिता र गीताले छोराछोरीहरू एउटै स्कूलमा पढाउँथे । प्रायः तीन बजेपछि उनीहरू बच्चाहरू लिन जान्थे । बाटोमा जाँदा कहिले पारिवारिक कुरा त कहिले बच्चाहरूको कुराकानी हुने गथ्र्याे । आकज भने उनीहरूबिच छोराछोरीको बानी व्यहोराबारे कुराकानी भयो । रश्मिलाले आफ्नो छोरीको बारेमा भनिन्, “हेर्नु न, मेरी छोरी त मोबाइल नदेखाई खाना नै खाँदैनन् भने । कहिले कार्टुन त कहिले किद्स सङ देखाउँदै खाना खुवाउनुपर्दछ । काटुर्न बन्द ग¥यो कि खाना खाने पनि बन्द । के गर्ने होला ?”
खोइ ? मेरो छोराले त मोबाइल नदेखाए पनि खाना मज्जासँग खान्छ । उसको अगाडि म पनि मोबाइल हेर्दिनँ । उसलाई पनि देखाउँदिनँ । स्कूलबाट घर आउनासाथ होमवर्क गराउने, खाना खुवाउने र केही क्षण खेलाउने । नराम्रो काम हामीले पनि गर्नु भएन । बाबुले चुरोट खान्छ भने छोराले पनि खान सक्छ । बच्चाहरूले हाम्रै त नक्कल गर्ने हो नि, होइन र ?
रश्मिला र सबिताको कुराकानी सुनेपछि गीताले आफ्नो अनुभव सुनाइन्, “गत वर्ष करुणाको आँखा कमजोर भएकोले डाक्टरलाई जँचाउन लगेँ । डाक्टरले छोरीको आँखा मोबाइलको स्क्रिनले धेरै कमजोर भइसकेको बताए । अब नानुलाई मोबाइलबाट टाढै राख्नुपर्छ भनी उनले सुझाव दिए । मोबाइल देखाउँदै खाना खुवाउने गरेको बानी कसरी छुट्याउने होला भनी सोचेँ । चिन्तन मनन गर्न थालेँ । आज मैले विनामोबाइल छोरीलाई खाना खुवाएँ । छोरीले खान मानिन । खाना नखाए पनि मोबाइल देखाएन । पछि भोक लाग्यो होला एक दुई गाँसमात्र खायो । भोलि पनि खेलौना दिएर खेलाउँदै केही खाना खुवाएँ । मैले पनि छोरीको अगाडि मोबाइल प्रयोग गरिनँ । पर्सि पनि खेलाउँदै खाना खुवाएँ । त्यसरी एक हप्तापछि त उनले मोबाइल नै बिर्सिन् । मोबाइल नदेखाए पनि खान थाल्यो । बानी छुटाउन सा¥है गा¥हो हुनेरहेछ । तथापि, प्रयास गरे त सकिने रहेछ । मेरी प्यारी छोरी करुणाले मोबाइल नभए पनि खाना खान थालिन्, तपाईँको नि ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *