एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत
- कार्तिक १०, २०८३
भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखि ९ गतेसम्म हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे बुधबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूलाई खेलकुद प्रतियोगितामार्फत सक्रिय बनाउने उद्देश्यअनुरूप नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरको पुरानो क्षेत्रलाई सांस्कृतिक क्षेत्र घोषणा गरी मौलिक शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई आर्थिक अनुदान प्रदान गर्दै आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरलाई जीवन्त नगर बनाउन नपा क्रियाशील रहेको बताउनुभयो ।
भक्तपुर नपाको आयोजनामा हुने अन्तरनगर पुरुष खो खो प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सञ्चारमाध्यमबाट सकारात्मक प्रचारप्रसार हुने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाइबारे भइरहेको सकारात्मक प्रचारलाई देशव्यापीमात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि प्रचार भइरहेको बताउनुभयो ।
प्रतियोगितामा बढीभन्दा बढी सहभागिता गराउन नपाले व्यापक प्रचारप्रसारलाई जोड दिँदै आएको स्पस्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुरमा आन्तरिक पर्यटक बढाउने प्रयास जारी रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर पुरुष खो खो प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै भक्तपुर नपाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गर्नुभएको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गरेका पत्रकारहरूले प्रतियोगिताबारे जिज्ञासा व्यक्त गरेका थिए ।
Leave a Reply