कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काभ्रे, १० साउन । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया बुधबार बनेपामा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले साउन ५ र ६ गते सम्पन्न केन्द्रीय समितिको निर्णयबारे प्रकाश पार्दै पुँजीवादी व्यवस्थामा नैतिकता घट्दै जाने र भ्रष्टाचारीहरू बढ्ने बताउनुभयो ।
युवा पुस्तालाई इतिहास, भूगोल पढाउनु पर्ने र नयाँ पुस्तालाई कम्युनिस्ट भएर देशको सेवा गर्न उत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार हरिप्रसाद मानन्धरले देशघाती सन्धि सम्झौताको विरोधमा नेमकिपाले निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछँेप्रधानले अध्ययनले मानिसको दिमागलाई खिया लाग्न दिँदैन भन्नुभयो । अन्तरक्रिया कार्यक्रममा ओमप्रसाद मानन्धर, ज्ञानेन्द्र डंगोल, राममन्दिल श्रेष्ठले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका अध्ययनको सार बताउनुभएको थियो ।
Leave a Reply