भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
न्हाय्कं झ्यः दरबार मात्र होइन भक्तपुरले लाय्कुको हरिशङ्कर मन्दिर अर्थात् लाँपाँ देगः पनि पुरानै वास्तु शैली र स्वरूपमा पुनःनिर्माण गर्ने जमर्को गरिरहेको छ । विगतका भूकम्पमा भत्केर हराएका अन्य मन्दिरहरूको पनि पुरातत्वविद्, सम्पदाविद् र सम्बन्धित विज्ञ र निकायको सहयोगमा ठड्याउन चासो लिइरहेको छ । अनि पुरातत्व विभागले ९० सालको भूकम्पमा ध्वस्त भएको जगनाथ मन्दिरको पुनःनिर्माण पक्कै पुरानो मौलिक स्वरूपमा गरिरहेको छ । त्यसमा पनि युनेस्कोले व्यवधान पार्ने हो कि ? न्हाय्कं झ्यः को मामिलामा युनेस्कोको चालामाला देख्दा निश्चिन्त हुन गा¥हो भएको छ । तर, युनेस्कोले लाय्कुकै च्यासिं मण्डप पुनःनिर्माण गर्न दिएकोले शङ्का गरिहाल्न नपर्ने देखिन्छ ।
लाय्कुको च्यासिं मण्डप ९० सालको भूकम्पमा जमिनमा बिलाएको थियो । सन् १९९० तिर जर्मनी सरकारले पुनःनिर्माण गरिदियो । आज लाय्कुको एउटा आकर्षक शोभा भएको छ । सबैलाई थाहा छ, त्यसको पुनःनिर्माण पुरानो सामग्रीबाट होइन सबै नयाँ सामग्रीबाट भएको छ । त्यतिमात्र होइन, विश्व सम्पदा सूचीको लाय्कुमा पुनःनिर्मित च्यासिं मण्डपको पुरानो स्वरूपमा पनि हेरफेर गरिएको छ र पुरातात्विक निर्माणमा निषेधित भनिएको सामग्री पनि प्रयोग भएको छ ।

सन् १८५६ मा लेखिएको चित्र
च्यासिं मण्डपको प्राप्त पुरानो चित्रमा पूर्वतिर बाहिरबाट सिँढी थियो भने पुनःनिर्मितमा भित्र बिचमा छ ।
वि.सं. १९९० सालको महाभूकम्प अघि च्यासिं मण्डपको स्वरूप यस्तो थियो –
यसबाट पुरानो स्वरूपमा हेरफेर भएको छ । सायद, च्यासिं मण्डपको महत्व र आकर्षणमा फरक नपर्ने ठहर गरी पुरातत्व विभागले आपत्ति जनाएन र युनेस्कोले पनि ‘खतराको सूची’ मा पर्ने चेतावनी दिएन ।
यसबाट सबै मौलिक वास्तु शैली र स्वरूपप्रति युनेस्कोको वैरभाव छ भन्न पनि मिल्दैन । उदाहरण भक्तपुर लाय्कुकै बद्रिनाथ मन्दिर रहेको छ । उक्त मन्दिरको पुरानो र नयाँ स्वरूप तलको चित्रले स्पष्ट गर्छ ।
च्यासिं मण्डपको पुनःनिर्माणमा एउटा अर्को गम्भीर कुरा पनि छ । पुरातात्विक स्मारक, सम्पदाको मर्मत, जीर्णोद्धार, पुनःनिर्माणमा फलाम, स्टील, सिमेन्ट प्रयोग गर्न निषेध छ । कसैले चासो नदिएको आश्चर्यको कुरा च्यासिं मण्डपको पुनःनिर्माणमा स्टीलको स्ट्रक्चर प्रयोग भएको छ । त्यसलाई पुरातत्व विभाग, युनेस्कोलगायतले कसरी स्वीकृत र मान्यता दियो ? कतै विकसित देशले गरेको काम भएकोले ‘भन्न नहुने कथा र गाउन नहुने गीत’ भएको हो कि ?


ग्लेन मित्रसिङले सन् १९३२–१९३४ मा खिचेको तस्बिर र अज्ञात चित्रकारको चित्र ।
पुनःनिर्माणमा स्टीलको स्ट्रक्चर प्रयोग हुँदा पनि कतैबाट विरोध, आपत्ति, गुनासो नहुँदा सायद सबैको मनमा एउटै धारणा बनेको देखिन्छ– विकसित र धनी देशले जे गरे पनि सही हुन्छ ! तर, त्यो पुरातात्विक सम्पदा धनी वा दाता देशको होइन नेपालको हो । भोलिका पुरातत्व र सम्पदाका विद्यार्थीले यसलाई कसरी लेलान् ? सोचनीय छ ।
त्यसो त ५५ झ्याल दरबारको अगाडिको भित्री र बाहिरी भित्ताको बिचमा फाटेर बाहिरतिर भुँडीजस्तो निस्केको थियो । त्यो भित्ता भत्के दरबारको महत्वपूर्ण भित्तेचित्र विनाश हुने निश्चित थियो । भित्तेचित्रमा कुनै असर नपारी भित्ता बनाउने सल्लाहमा फलामका बिमहरूले भित्ता तान्ने विचार पनि आएको थियो । विश्व सम्पदामा फलामको प्रयोग गर्न नहुने मत धेरै भयो । अन्तमा, रैथाने अवालहरूले बाहिरको भित्तामात्र भत्काउँदै मिलाउन सकिने (जाँ ग्यलेगु) ठहरअनुसार जीर्णोद्धार गरियो । रैथाने मौलिक सीप र प्रविधिले आधुनिक प्राविधिकहरूलाई महत्वपूर्ण शिक्षा दिएको थियो ।


अल्डफिल्डले सन् १८५३ मा लेखेको चित्र र जोन क्लाउड ह्वाइटले सन् १९००–१९०८ मा खिचेको तस्बिर ।
च्यासिं मण्डपमा स्टीलका स्ट्रक्चरले बलियो बनाएको मानिन्छ । तर, कतिपय सम्पदाविद्हरू सम्पदा बलियोभन्दा पनि मौलिकतामा जोड दिनुपर्छ भन्छन् । त्यसैले, अचेल भक्तपुरका अधिकांश अग्ला मन्दिरको पुनःनिर्माण काठको खम्बाको स्ट्रक्चर वा फ्रेम राखेर सबलीकरण गरिएको छ । अर्थात्, ‘चिची पनि पापा पनि’ प्रविधि अपनाइएको छ । यसबाट मापदण्डको पालना भएको छ, बाहिरी मौलिक स्वरूपमा कुनै असर परेन भने फलामको प्रयोग नगरिकनै बलियो बनाइएको छ । यसले सम्पदा बलियो हुने प्राविधिकहरूको एकमत देखिन्छ भने मौलिकतामा पनि कुनै समस्या नभएको जानकारहरू बताउँछन् । सम्पदा बलियोभन्दा पनि मौलिकतामा जोड दिनुपर्छ भन्नेहरूको विमति पनि सुनिएको छैन । त्यसैले, सिद्धिवत्सला, नृत्यवत्सला, फसि देगः, जलेश्वर मन्दिर, लक्ष्मीनरसिंह मन्दिर आदिमा काठको खम्बाको फ्रेम राखेर सबलीकरण गरिएको छ ।

सन् १९३२–३४ मा ग्लेन मित्रसिङ्गले खिचेको तस्बिरमा पनि सिंहको पछाडि सिँढी देखिन्छ ।
यो प्रविधि च्यासिं मण्डपमा प्रयोग गरिएको भए स्टीलको स्ट्रक्चर प्रयोग गर्नुपर्ने थिएन र कसैको व्यक्त अव्यक्त गुनासो पनि हुने थिएन । त्यसबेलाका प्राविधिकहरूले यसतर्पm किन नसोचेका होलान् ? प्रश्न सधैँ उठिरहनेछ ।
पशुपतिमा सुनको जलहरी
पुरातात्विक सम्पदामा धन र शक्ति भयो भनेर जथाभावी गर्न पाइँदैन र छुट हुँदैन । तर, यहाँ विदेशीको दानमा मात्र होइन देशकै राजस्वबाट पनि मनपरी गरिएको छ ।
पशुपतिमा पुरानो चाँदीको जलहरी हटाई विद्या भण्डारी, खड्गप्रसाद ओलीलगायतकाको नाम अङ्कित सुनको जलहरी राखियो । त्यसमा उठेको भ्रष्टाचारको बवाल यी पङ्क्ति लेख्दासम्म सेलाएको वा छिनोफानो भएको छैन । लामो समयपछि ४० तोला सुन पनि ‘फेला’ पारिएको छ र आखिर ‘बिरालोले म्याउ गरेको’ वा ‘मेरो बाबु सुकुलभित्र छैन’ भन्ने आहान चरितार्थ भएको अनुभव सर्वत्र गरिएको छ ।

भ्रष्टाचारको कुरा जति गम्भीर छ त्योभन्दा गम्भीर र संवेदनशील पुरातात्विक स्थलका सामग्री हटाउने र नयाँ राख्ने विषय छ । हाम्रो पुरातत्व ऐनमा त्यस्तो प्रावधान र हक कसैलाई भएजस्तो लाग्दैन । विश्व सम्पदास्थलमा सत्तामा बसेकाले मनलाग्दी गर्दा पनि पुरातत्व विभाग, संस्कृति मन्त्रालय, युनेस्कोलगायत मूकदर्शक बनेको देखिन्छ । पुरातत्व ऐनलाई शक्तिको मातमा धोती लगाइन्छ भने त्यो ऐनको औचित्य समाप्त भएको ठहरिन्छ, विश्व सम्पदास्थलमा मनलाग्दी गर्दा पनि युनेस्कोको मौनताले ऊ कर्तव्यविमुख भएको मान्नुपर्ने हुन्छ । त्यसको कार्य क्षेत्र विश्व सम्पदास्थलमा मनलाग्दी गरुञ्जेल टुलुटुलु हेर्ने अनि पछिबाट ‘खतराको सूचीमा राख्ने चेतावनी’ दिने मात्र पक्कै होइन होला । उसको नीति पनि ‘सानालाई ऐन ठूलालाई चैन’ अथवा च्यासिं मण्डपमा जस्तै पशुपतिमा पनि उसको ‘मौनं सम्मति लक्षणम्’ देखिएको छ ।
जनताले सिटामोल नपाएको बेला ‘पुण्य’ कमाउन झन्डै एक अर्बको सुनको जलहरीमा विद्या भण्डारी, खड्गप्रसाद ओली नाम अभिलेखीकरण गरेजस्तै पुरानो चाँदीको जलहरीमा के अभिलेख थियो ? त्यो प्रकाशमा नआएको हो कि नल्याइएको हो ?

जर्मनी सरकारबाट पुनःनिर्मित च्यासिं मण्डपमा छिँडीमा माथि जाने भ¥याङ राखिएको छ ।
लुम्बिनीको मायादेवी मन्दिर
सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जन्म थलो लुम्बिनीको मायादेवी मन्दिर अहिले भव्य, रमणीय र आकर्षक देखिन्छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको आजको मायादेवी मन्दिरको वास्तु मौलिक शैली र स्वरूपजस्तो पक्कै पनि थिएन । यद्यपि, आजको शैली र स्वरूपलाई सराहना गर्दागर्दै, मान्यता दिँदादिँदै पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाको वास्तु शैली र स्वरूप आधुनिक ढङ्गको भवन बनाउन मिल्छ कि मिल्दैन ? मिल्छ भने आधार के ? मिल्दैन भने किन गरियो ? यस्ता प्रश्नका जवाफ सम्पदा क्षेत्रमा आवश्यकताले सामान्य हेरफेर हुँदासमेत ‘खतराको सूची’ मा राखिने चेतावनी दिने युनेस्को र पुरातत्व विभागले दिनुपर्छ । अनि ती पुरातत्वविद् र सम्पदाविद्ले पनि दिनुपर्छ जसले ‘मौलिक शैली र स्वरूपमा एउटा इँटा पनि तलमाथि पार्नु हुँदैन’ भनी अरूलाई शिक्षा दिने गर्छन् ।
केही धार्नी माटो, टुक्रिएका इँटा र ढुङ्गा पनि विश्व सम्पदा ?
एउटा अनुमान गरौँ– गएको भूकम्पले भक्तपुर लाय्कुका वत्सला, केदारनाथ भत्क्यो, सिद्धिलक्ष्मीको ढुङ्गे मन्दिर क्षतिग्रस्त भयो । काठमाडौँका काष्ठमण्डपसहित ललितपुरका पनि विभिन्न मन्दिर र दरबार भत्कियो, क्षतिग्रस्त भयो । ती सबै पुनःनिर्माण नगरी खण्डहरकै अवस्थामा राखे पनि त्यसको महत्व र ऐतिहासिकता यथावत रहन्छ ? विश्व सम्पदा सूचीका ती खण्डहरबारे युनेस्कोलाई कुनै चासो, गुनासो केही हुँदैन ? यदि, उत्तर सकारात्मक हुन्छ भने मानव जातिका ती अमूल्य धरोहर नयाँ पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न संरक्षण र संवद्र्धन गर्नुपर्छ भन्ने कथन बेकार हुन्छ । किनभने, खण्डहर पनि विश्व सम्पदा नै हुन्छ भने गरिब देशले सेता हात्तीजस्ता सम्पदाको मर्मत, जीर्णोद्धार, पुनःनिर्माणजस्ता काम जनताको पेटमा पटुका कस्न लगाएर किन गर्ने ? खण्डहर देखाएरै हाम्रा भावी सन्ततिले ‘मेरो बाजेले घिउ र भात खाएको, मेरो हात सुँघ सुँघ’ भने भइहाल्यो होइन र ? हात सुँघाएरै मानगृह, कैलाशकुट भवन, भद्राधिवासलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रयास किन नगर्ने ?
पुर्खाले सिर्जेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक धरोहर भावी पुस्तालाई संरक्षित र सुरक्षित हस्तान्तरण गर्ने कुरा सायद विश्वभर नै चल्दो हो । त्यसो भनेको उजाड जमिनका केही धार्नी माटो, टुक्रिएका इँटा र ढुङ्गा देखाउने र हस्तान्तरण गर्ने पक्कै होइन । तर, विभिन्न देशका विश्व सम्पदा सूचीमा समावेश केही सम्पदा हेर्दा यस्तै लाग्छ । खण्डहर पनि विश्व सम्पदा भएको भान हुन्छ । आज खण्डहर अवस्थामा रहेका ती सम्पदा कुनै समयमा भव्य, आकर्षक, उत्कृष्ट वास्तुका नमुना, इतिहास, संस्कृतिसँग जोडिएकै थिए र सूचिकृत भए । किंवदन्तीका आधारमा कुनै वस्तुलाई युनेस्कोले विश्व सम्पदामा पक्कै सूचिकृत गर्दैन । सग्लो फुटुङ शिलापत्र गेगरमा परिणत भए पनि सम्पदा नै हुन्छ कि ? मानव जातिको सभ्यता र संस्कृतिसँग जोडिएका ती महत्वका कतिपय वस्तु आज खण्डहरमा परिणत भइसके र त्यसको भौतिक महत्व अक्षरमा मात्र बाँकी छ । के थियो, कस्तो थियो अनुमान मात्र गर्न सकिन्छ । किंवदन्तीको कथाजस्तो महत्वका राष्ट्रिय र विश्व सम्पदा नयाँ पुस्तामा त्यस्तै कथा मात्र हस्तान्तरण हुन्छ, भौतिकरूपमा भने एउटा ठट्यौलीजस्तो हुन्छ ।

च्यासिं मण्डपको पुनःनिर्माणमा प्रयोग भएको स्टीलको स्ट्रक्चर
सबैले सुनेको वा पढेको एउटा ठट्यौली छ– एक शिक्षकले आप्mना विद्यार्थीलाई हरियो घाँसको चौरमा गाई चरिरहेको चित्र लेखेर ल्याउन गृहकार्य दिन्छ । भोलिपल्ट विद्यार्थीहरूले जाने जस्तो लेखेर शिक्षकलाई देखाउँछन् । तर, एक विद्यार्थीले खाली कागज दिन्छ । शिक्षकले न गाई देख्छ न घाँस, तब सोध्छ– खोइ घाँसको चौर ?
विद्यार्थी– गाईले सबै खायो सर !
शिक्षक– गाई खोइ त ?
विद्यार्थी– घाँस खाएर अघायो र अन्तै गयो !
विश्व सम्पदामा सूचिकृत केही सम्पदाको अवस्था हेर्दा यस्तै ठट्यौली अनुभव हुन्छ ।
विश्व सम्पदामा सूचिकृत माथिको चित्र हेर्दा नयाँ पुस्तालाई यहाँ भव्य, आकर्षक, पुरातात्विक, सांस्कृतिक महत्वको दरबार थियो, तत्कालीन विश्वको यो अति महत्वपूर्ण स्थल भनेर भट्याउनुभन्दा पुनःनिर्माण गरिएको भए साँचो अर्थमा मानव जातिको उत्कृष्ट धरोहर थियो भनेर सजिलै बुझ्थे होलान् ।
त्यस्तै ग्रीसेलीहरूले पृथ्वीको केन्द्र ठान्ने गरेको डेल्फी (Delphi) ईपू छैटौँ शताब्दीअघि त्यहाँ एथ्लेटिक्सका मूर्तिहरू, रङ्गमञ्च, एपोलोको मन्दिर थियो र तत्कालीन विश्वमा ठूलो प्रभाव राख्थ्यो ।

विश्व सम्पदा एक्रोपोलिस (Acropolis), एथेन्स, ग्रीस । ठूलो ऐतिहासिक महत्वको यो सम्पदाको सन् १६७०, १८६० र २०२१ को अवस्था देखाइएको छ ।
ईपू तेस्रो शताब्दीको टर्कीको पर्गामन (Pergamon) तत्कालीन विश्वको शैक्षिक गन्तव्य भएको र त्यहाँ रङ्गमञ्च, मन्दिर आदि थुप्रै थिए रे । तर, आजको अवस्थाले त्यसको कुनै सङ्केत गर्दैन ।
मानव जातिका यस्ता धरोहर आज जुन अवस्थामा छ त्यसैलाई विश्व सम्पदा भन्नुपर्ने ठट्यौलीको अवस्था छ । दुई चार ओटा ढुङ्गाका खम्बा, भित्ताका होचा अवशेष र खण्डहर देखाएर अनुपम, कलात्मक, आकर्षक वास्तु थियो भन्नुभन्दा पुनःनिर्माण वा प्रतिकृति बनाएको भए नयाँ पुस्ता सुनेरभन्दा प्रत्यक्ष हेरेर पक्कै गर्व गर्ने थिए, पुर्खाको सीप, कौशल, प्रविधि सिक्ने थिए । मानव निर्मित अमूल्य सम्पदाको इतिहास पढेरभन्दा हेरेर धेरै सिक्ने र सम्झने थिए । त्यसो नहुँदा ती ढुङ्गाका खम्बा, भित्ताका अवशेष र खण्डहरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेहरूको बौद्धिक क्षमताप्रति नयाँ पुस्ताले प्रश्न उठाउनु न आश्चर्य हो न अनावश्यक र निरर्थक नै ।
भक्तपुरले वर्तमान न्हाय्कं झ्यः दरबारको विकृत वास्तु शैली र स्वरूपलाई मौलिक सम्पदामा पुनर्जीवन दिई भाबी पुस्तालाई सुरक्षित हस्तान्तरण गर्न खोज्नु एउटा स्तुत्य सत्कार्य हो । यसमा कसैले पूर्वाग्रह, दुराग्रह राख्न नहुने देखिन्छ । यदि अर्को भूकम्प आएमा टेकोमा ठडिएका दरबार सुरक्षित रहन सक्दैन । तब के खण्डहरलाई नै अर्को विश्व सम्पदाको मान्यता दिइराख्ने ?

७२ सालको भूकम्प अघि र पछि पुनःनिर्मित बद्रिनाथ मन्दिर

त्यसैले मानव जातिको उत्कृष्ट कला, सीप, प्रविधिलाई वर्तमान र भाबी पुस्तालाई प्रत्यक्ष अवलोकन गराउन सम्बन्धित देशका पुरातत्व विभाग, युनेस्कोलगायत सरोकारवाला निकाय र पदाधिकारी, विज्ञहरूको सोचमा परिवर्तन आवश्यक छ । त्यस्तै, गरिब देशलाई उपयोगविहीन सेतो हात्तीजस्तो सम्पदाको संरक्षणको भारमा सीमित राख्ने नीतिमा पनि समयानुकूल उपयुक्त परिवर्तन गर्नु आवश्यक देखिन्छ ।
विश्वमा थरीथरीका सभ्यता र संस्कृतिका सम्पदा रहेको यथार्थमा युनेस्को विश्व संस्था भएकोले ती सबैलाई पक्षपातरहित उचित स्थान र मान्यता दिनुपर्छ । युनेस्को यदि पश्चिमेली संस्कृतिको वास्तु, प्रविधि, सीप र शैलीको मात्र संरक्षण गर्न प्रतिबद्ध छ भने त्यो विश्व संस्था हुनसक्दैन । पूर्वेली संस्कृतिलगायत विभिन्न सभ्यता र संस्कृतिको वास्तु, प्रविधि, सीप र शैली पनि विश्व मानव जातिकै सभ्यता र संस्कृतिको देन र उपलब्धिलाई सम्मान र आत्मसात गर्ने विशाल हृदय व्यवहारमा प्रदर्शन गर्नैपर्छ । अन्यथा, युनेस्को पूर्वेली सभ्यता, संस्कृति, वास्तुविरुद्ध पश्चिमेली सभ्यता र संस्कृतिको मात्र पहरेदार ठहरिने छ र अन्य सभ्यता र संस्कृतिमाथि हस्तक्षेप र अतिक्रमण गर्ने–गराउने एक ज्यावल संस्थामा परिणत हुनेछ । त्यो स्थिति विश्वकै लागि दुःखद हुनेछ ।
समाप्त
Leave a Reply