के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ क्रान्तिकारी उद्देश्यको निर्देशक विचारधारा हो । चिनियाँ कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवादका मुख्य मुख्य सिद्धान्तबाट क्रान्तिकारी सिद्धान्तको विकास गर्दै माओ विचारधारालाई चिनियाँ क्रान्तिको वास्तविक व्यवहारसँग एक गरे । माक्र्सवाद–लेनिनवादलाई चिनियाँ क्रान्तिमा लागु गर्नु र त्यसलाई निर्देशन दिनु त्यति सजिलो थिएन । माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले पार्टी बाहिरका माक्र्सवादविरोधीसँग मात्र होइन, पार्टीभित्रका कोरा सिद्धान्तवादी तथा संशोधनवादी विचारहरूसँग पनि सङ्घर्ष गरे । नेपालमा आफूलाई ठूलो, गौरवशाली, जनवादी भन्ने सत्तामुखी कम्युनिस्ट पार्टीले पनि माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेको छ । तर, त्यस सिद्धान्तलाई व्यवहारसँग मिलाउने काम गरेन । माक्र्सवाद–लेनिनवादलाई ती दलहरूले देखाउने दाँत बनाए । ती दलका नेताहरूमा माक्र्सवाद र लेनिनवादको कुनै गन्ध नै छैन । दलका शीर्ष नेताहरू दलको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई नमाने पनि, त्यस सिद्धान्त र विचारविपरीत लागे पनि कसैले बोल्दैनन्, बोल्ने आँट गर्दैनन् । त्यही भएर माओवादी केन्द्रले क्रान्तिकारी बाटो छोड्यो, एमाले र नेकाको भाइ बन्यो । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचारकै उल्लङ्घन ग¥यो ।
उनीहरूको निम्ति वर्गसङ्घर्ष बाटो नै कम्युनिस्टविरोधी देखियो र वर्गसङ्घर्ष गर्ने दल कम्युनिस्ट नहुने भन्न उनीहरू पछि परेनन् । माओ त्सेतुङ विचारधारा माक्र्सवाद–लेनिनभन्दा भिन्न सिद्धान्त होइन । तर, आफूलाई कम्युनिस्ट भनिने कति दलका नेताहरू माओ विचारधारा मान्दैनन् भने कति दलका नेताहरू माओ विचारधारालाई पनि वाद मानी झूटको खेती गर्छन् । माओ विचारधाराका महत्वपूर्ण विशेषताहरूमध्ये तथ्यहरूबाट सत्य खोज्ने दृष्टिकोण हो† सिद्धान्तलाई व्यवहारसँग एक गर्ने र व्यवहारबाट जाँच्ने र सत्यलाई विकास गर्ने हो । जनसमुदायमा विश्वास गर्ने जन–नीति र जनताको निम्ति जनसमुदायमा भरपर्नु पर्छ । तर, नेपालका सत्ताधारी कम्युनिस्टहरू हल्लाको राजनीति गर्छन्, सिद्धान्त र विचारको मतलब राख्दैनन् । लोभलालच देखाउने, पैसा बाँड्ने, भोज खुवाउने, धाक धम्की दिने, झूट फलाक्ने, आश्वासन दिनेजस्ता प्रतिक्रियावादी र पुँजीपतिहरूले गरेजस्तै गर्न थाले । जनतालाई सैद्धान्तिक र वैचारिकरूपले सचेत गर्नुभन्दा सतही राजनीति गरेर आफूतर्फ तान्न थाले । ठूला दल भनिने कम्युनिस्ट पार्टी दसौँ लाख पार्टी सदस्य दाबी गरे पनि तद्नुसार कम्युनिस्ट आचरणको कुनै पनि गतिविधि भएन । नेमकिपाले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्न समाजवादी प्रचार अभियानमा लागिरहेको छ । जनतालाई सचेत र सङ्गठित नगरिकन परिवर्तन सम्भव छैन । त्यहीकारण नेमकिपा समाजवादी प्रचार अभियानमा लागिरहेको हो । तर, एमाले, माओवादी केन्द्रका नेताहरू कम्युनिस्टको सिद्धान्त र विचारमा लागेनन्, त्यसबारे जनतालाई बुझाएनन्, बरु उनीहरू सत्तामुखी राजनीतिमा लागे, पुँजीवादी बाटोमा लागेर पुँजीवादी पार्टी सँगसँगै लागे । यसले देशमा परिवर्तन हुने छैन, कम्युनिस्ट पार्टीको उद्देश्य पूरा हुने छैन ।
Leave a Reply