भर्खरै :

दैलेखमा भारतीय ट्रकले किचेकालाई क्षतिपूर्ति खोइ ?

दैलेखमा भारतीय ट्रकले किचेकालाई क्षतिपूर्ति खोइ ?

भारतको UK 70 P _A2530 नम्बरको सरकारी गाडीको ठक्करले गएको भदौ १६ गते दैलेख जिल्ला चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. २ सिरौलका कविराज विष्टको मृत्यु भएको थियो । गाडीको ठक्करबाट मृत्यु भएका विष्टका परिवारलाई क्षतिपूर्ति दिनुपर्ला भनी काठमाडौँस्थित भारतीय दूतावासको दबाबमा प्रशासन, प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले भिरबाट खसेर मृत्यु भएको कागजात तयार गरेको स्थानीय प्रत्यक्षदर्शीको आरोप छ ।
गाडी दुर्घटनामा नेपालीको मृत्यु हुँदा नेपाल सरकारको कुनै चासो छैन । कामको लागि भारत गएका नेपाली दुर्घटनामा मृत्यु हुँदा क्षतिपूर्ति नदिने गरेका घटना धेरै छन् । नेपाल सरकारले भारतीय नम्बर प्लेटका गाडीबाट मृत्यु भएका नेपालीलाई क्षतिपूर्ति दिलाउने व्यवस्था गर्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *