भर्खरै :

कुकुरको टोकाइ बढ्दो

कुकुरको टोकाइ बढ्दो

अहिले कुकुरले तोक्ने आतङ्क व्याप्त छ । बिहानै हुल बाँधेर एक ठाउँबाट अर्को ठाउँमा लाग्ने कुकुरहरूले बाटोमा एक्लै–दुक्लै हिँडेका मानिसलाई तोक्ने घटना बढ्दो छ ।
भदौ ३० गते कुकुरले टोकेका ८ जना बिरामी ख्वप अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पुगे । भदौ ३१ गते बिहान ६ बजे दत्तात्रय मन्दिर दर्शन गर्न पुगेका ८८ वर्षका ज्येष्ठ नागरिकलाई कुकुरले टोक्यो । यी त केही प्रतिनिधि घटनामात्र हुन् । अहिले काठमाडौँ उपत्यकाभरि नै कुकुरले टोकेको बिरामीको सङ्ख्या बढ्दो छ ।
कुकुर नियन्त्रणको लागि स्थानीय पालिकाहरूको खासै योजना नहुँदा यस्तो घटना बढिरहेको हो । पशु अधिकारकर्मीहरूले कुकुर मार्न पाइँदैन भनी दबाब दिएकैले स्थानीय पालिकाहरूले बहुला कुकुरहरूलाई समेत नियन्त्रण नगरेको गुनासो छ । यसलाई नियन्त्रण गर्न बेलैमा स्थानीय पालिकाहरूले ध्यान दिनुपर्ने जनताको आवाज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *