भर्खरै :

सांसद सुवाल समवेदना प्रकट गर्न छालिङ र बागेश्वरीमा

सांसद सुवाल समवेदना प्रकट गर्न छालिङ र बागेश्वरीमा

भक्तपुर ८, कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल छालिङ चाकतु टोल पुगेर नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुका बुबा दम तथा निमोनिया रोगको कारण कार्तिक ५ गते निधन भएकोमा मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
सोही दिन सांसद सुवाल चानपा ७, बागेश्वरी पुगेर नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका सदस्य एवम् विसं २०७४ र २०७९ को स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट चानपा ७, बागेश्वरीमा वडाध्यक्षका उम्मेदवार अर्जुन काफ्लेका पिता खड्गप्रसाद काफ्लेको कार्तिक १ गते पक्षघात रोगबाट भएको असामयिक निधनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो । सांसद सुवालले शोकलाई शक्तिमा बदल्नु जरुरी भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालको साथमा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजु र नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटा पनि जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *