भर्खरै :

सन्तुलित विकास आजको आवश्यकता

सन्तुलित विकास आजको आवश्यकता

राजनीति कमाइ खाने भाँडो होइन; यो देश र जनताको निः स्वार्थ र इमानदारीपूर्वक सेवा गर्ने नीति हो । राजनीति निर्वाचनमा जित्न र सरकारमा जान गरिने भागबन्डा होइन । राजनीति कुनै अपराधीलाई छोडाउन र गल्ती छोप्न गरिने होइन । राजनीति देश र जनताप्रति समर्पित भएर सिद्धान्त र विचारको निम्ति गरिने हो । राजनीति जनताको शान्ति सुरक्षा कायम गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, मौलिक अधिकारको कदर गर्ने नीति हो । राजनीति राज्यको शासन व्यवस्थासम्बन्धी नीति हो; यो राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने नीति हो । यस्तो असल राजनीतिलाई शासक दलका नेताहरू, मन्त्री र सांसदहरूले घृणित राजनीति बनाए ।
शासकहरूले भ्रष्ट राजनीति गरे । न्यायालयलाई राजनीतीकरणको थलो बनाइयो । माफिया र अपराधीहरू छोडाउन राजनीति गरियो । सिद्धान्त र विचारको राजनीति छोडेर बल, धाक, धम्कीको राजनीति गरियो । लोभलालच र पैसाको राजनीति भयो । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्त्याउने राजनीति भयो । ठूलठूला उद्योग र व्यापारीहरूको कर छुट गर्ने, ठेकेदार व्यापारीलाई स्थानीय तह र प्रतिनिधिसभामा उठाउने र राष्ट्रियसभामा चयन गर्ने राजनीति भयो । आफ्नो दलका नेता, कार्यकर्तालाई ठेक्कापट्टा दिने, विकास योजनाको कमिसनको भाग पार्टीमा लिने र नेता, मन्त्री र सांसदहरू नै ठूलठूला योजना बनाएर कमिसन कुम्ल्याउने राजनीतिमा सक्रिय भए । शिक्षक नियुक्ति र शिक्षक सरुवामा राजनीति भयो । देशको बजेट सरकारी मन्त्री र सांसदहरूको जिल्लामा केन्द्रित गरी देश विकासलाई असन्तुलित बनाउने राजनीति भयो ।
रुस–युक्रेन युद्धमा छिमेकी देशहरू दुबै तटस्थ रहेको स्थितिमा नेपालका शासकहरूले युक्रेनलाई समर्थन गरेर देशको असंलग्न परराष्ट्र नीतिमा आँच पु¥याउने राजनीति गरे । आफ्नै देशमा काम मामको व्यवस्था गराएर स्वरोजगारको बन्दोबस्त नगरी विदेश पलायन गराउने राजनीतिमा शासकहरूले हात हाले । आफ्नो देशको नागरिकता त्यागेर विदेशमै बस्ती बसाल्ने, विदेशी सहयोग र विप्रेषणबाट नेपाली जनता बस्नुपर्ने राजनीतिमा शासक दलहरू सक्रिय भए । भूमाफिया पार्टीमा भित्याएर चन्दा असुल्ने, नेपालीलाई विदेशी नागरिक बनाएर मानव तस्कर गर्ने राजनीति पनि सत्तारुढ दलका नेताहरूले गरे । सङ्घीयताको भजन गाएर सेवा सुविधाको नाउँमा ठूलो धनराशि खर्च गरेर देशलाई कङ्गाल बनाउने या देशमा आर्थिक सङ्कट निम्त्याउने राजनीति गरियो । यसरी देश गलत राजनीति गर्नेहरूको थलो बन्दै गयो । राजनीति विदेशी शक्ति राष्ट्रहरूको स्वार्थको निम्ति गरिने होइन ।
राजनीति सही ढङ्गले गर्नुपथ्र्यो । राजनीति सिद्धान्त र विचारको आधारमा चल्नुपथ्र्यो । राजनीति देशको समुन्नत विकास र बहुमत जनताको पक्ष या हितमा गर्नुपथ्र्यो । राजनीति संवैधानिक व्यवस्था भएअनुसार समाजवादउन्मुख हुनुपथ्र्यो र समाजवादउन्मुख अवधारणा कार्यान्वयन हुने नीति नियम बनाउनुपर्ने राजनीति हुनुपथ्र्यो । राजनीति शान्ति सुरक्षाको निम्ति हुनुपथ्र्यो । राजनीति सन्तुलित विकास, स्वरोजगार र आत्मनिर्भरको निम्ति हुनुपथ्र्यो । राजनीति आमूल परिवर्तनको निम्ति हुनुपथ्र्यो । राजनीति भ्रष्टाचार, ढिलासुस्ती र कमिसन अन्त्यको निम्ति हुनुपथ्र्यो । अनि देश विकास हुन्छ । जनजीवन सहज हुन्छ, काममामको सुनिश्चित हुन्छ, सन्तुलित विकास हुन्छ, स्वदेशमे स्वरोजगारको बन्दोबस्त हुन्छ । सरकारप्रति जनताको विश्वास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *