जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा आइतबार तलेजुका पुजारी नाइकेहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ र ज्योतिष केदारप्रसाद दैवज्ञसहितको उपस्थितिमा बैठक बस्यो ।
उक्त बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझाव र तिथिअनुसार २०८० कार्तिक २६ गते अपराह्न २ बजेर १४ मिनेटपछि औँसी लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कार्तिक २७ गते अपराह्न २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले उक्त दिन साँझ म्हः पूजा गर्ने र कार्तिक २८ गते अपराह्न २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजापूजा गर्ने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसमेतको उपस्थिति थियो ।
Leave a Reply