खेलकुद

  • अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

    – विक्रम गिरी काठमाडौँ, २९ माघ । अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले […]

  • फूटबल ः आर्मी शीर्ष स्थानमा उक्लियो

    काठमाडौँ, २८ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । […]

  • अन्तर नगर एथलेटिक्सको तयारी सुरु

    भक्तपुर, २७ माघ । सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले फागुन ८ देखि १२ गतेसम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिताको तयारी सुरु गरिसकेको छ । प्रतियोगिता सफल पार्न नपाले देशका विभिन्न नपामा सूचना पठाउने काम गरिरहेको छ । यसैबीच आइतबार अन्तर नगर एथलेटिक्स प्रतियोगिता मूल समितिको बैठक बस्यो । बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एथलेटिक्स प्रतियोगिता पार्टीको घोषणापत्र र […]

  • मनाङ मस्र्याङ्दी विजयी

    काठमाडौँ, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लव विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो । मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको […]

  • मध्यपुरमा फुटसल प्रतियोगिता सम्पन्न

    मध्यपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ, मध्यपुर नगर समितिको आयोजनामा भएको जिल्लाब्यापी अन्तर एकाइ स्तरीय फुटसल प्रतियोगिताको नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले शनिबार उद्घाटन गर्नुभयो । कार्यक्रममा अतिथि कवांले देशमा भइरहेको वैदेशिक हस्तक्षेपविरूद्ध र सार्वभौमिकता रक्षाको लागि युवाहरू खेलकुद गतिविधिका साथ सङ्गठित हुनुपर्छ भन्नुभयो । पश्चिमी साम्राज्यवादी शक्तिहरूले नेपालको आन्तरिक […]

  • उपत्यकाव्यापी स्प्रिङ्गडेल कप भलिबल सुरु

    भक्तपुर, २३ माघ । स्प्रिङ्गडेल माविको आयोजनामा १० औँ विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाव्यापी स्प्रिङडेल कप भलिबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका रेफ्रि बलराम न्हिसुतुलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्नु खुसीको कुरा भएको बताउँदै प्राथमिकताअनुसार यो खेलको विकास पनि आवश्यक भएको […]

  • बूढासुब्बा गोल्डकप फागुन १० देखि

    मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको […]

  • ओमानसँग १८ रनले पराजित

    काठमाडौँ, २२ माघ । विश्व कप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनको हार व्यहोरेको छ । १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ७९ रनमा सीमित भयो । नेपालका शरद भेषावाकरले सर्वाधिक ५५ रन जोड्नुभयो । विनोद भण्डारीले २६, दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोड्नुभयो । ओमानका बलर […]